मृतकको संख्या २० पुग्यो

 न्यूज विराट
मृतकको संख्या २० पुग्यो

काठमाडौं, ३ असार-बाँके बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उचपचारका क्रममा उनको मृत्यु भएको र पीसीआर परीक्षणका क्रममा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनलाई ३० जेठमा मिर्गौलासम्बन्धी समस्या कारणले अस्पताल भर्ना भएकी र १ असारमा कोरोना परीक्षणका लागि भेरी अस्पतालको प्रयोगशालमा नमुना पठाइएको थियो ।

रिपोर्ट नआउँदै १ असार साँझ ६ बजे उनको अस्पतालमा मृत्यु भएको थियो । हिजो आएको रिपोर्टमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ ।

सम्बन्धित समाचार

बिहीबार १ हजार ४० जना भित्रिए

काठमाडौं, ११ असार-सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली उद्दार गर्ने नीति लिएसँगै अन्तर्राष्ट्रिय उडानहरु बढ्न थालेका छन् । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार १२ अन्तर्राष्ट्रिय उडान भएका छन् ।...

मिडिया संचालक खत्ताबविरुद्ध मोरङ अदालतमा मुद्दा दायर

विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक अब्दुल खत्ताबविरुद्ध मुद्दा दायर भएको छ । विराटनगरका उद्योगपति अरूणकुमार राठीलाई अपहरण गरी कुटपिट गरेको आरोपमा सोमबार खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अंगभंगको...

मिल्स टि–२० क्रिकेट प्रतियोगिता, नरपथगन्ज र एनबीएससी फाइनलमा भिड्दै

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा भारत विहारको नरपथगन्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध बनाउँदै पाहुना टोली नरपथगन्ज उपाधि नजिक...

करको दर घटाउने विराटनगर महानगरका मेयर कोइरालाको पहिलो निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) नागेश कोइरालाले आज पदभार ग्रहण गर्नुभएको छ । मोरङको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका मुख्य न्यायाधिश भरत लम्सालबाट पद तथा गोपनियताको सपथ लिनु भएका कोइरालाले आजै पदभार ग्रहण गर्नुभएको...

त्रिविको वार्षिक परीक्षा नराेकिने, सेमेस्टरबारे अध्ययन हुँदै

काठमाडौं, १५ असार-त्रिभुवन विश्वविद्यालयका सबै वार्षिक परीक्षा स्थिति सामान्य भएपछि हुने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा केही ढिला भए पनि गरिने बताए । ‘वार्षिक परीक्षा रोकिँदैन । मूल्याङ्कनलाई आधार मानेर हुँदैन...

विराटनगरमा ९७ सहित प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

विराटनगर, १८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास...

१ महिनादेखि ठप्प होटल व्यवसाय

काठमाडौं, १५ वैशाख-कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रोकथामका लागि देश लकडाउनमा रहेको १ महिनाभन्दा बढी भइसकेको छ । यसले मानवीय क्षति हुनबाट देशलाई जोगाएको छ । तर, अर्थतन्त्रमा भने इतिहासमै सबैभन्दा ठूलो असर पारेको छ...

प्रदेश १ मा कोरोनाबाट ९ जनाको मृत्यु, १६ सय संक्रमित

विराटनगर, २८ साउन–प्रदेश १ मा कोरोना भाईरस(कोभिड १९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक ६ जना प्रदेश १ छन् । अन्य ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्