सञ्चार क्षेत्रका लागि विशेष प्याकेज ल्याउन प्रेस युनियनको आग्रह

 न्यूज विराट
सञ्चार क्षेत्रका लागि विशेष प्याकेज ल्याउन प्रेस युनियनको आग्रह

नेपाल प्रेस युनियनले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण मुलुकको सञ्चार क्षेत्र र सञ्चारकर्मीसमेत प्रभावित भएको भन्दै विशेष राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ ।

युनियनका अध्यक्ष बद्रि सिग्देलले आज एक विज्ञप्तिमार्फत वर्तमान विषम परिस्थितिमा केही समयका लागि बन्द हुन पुगेका सञ्चारमाध्यम र त्यसमा कार्यरत सञ्चारकर्मीको अवस्थालाई समेत ध्यानमा राखेर आर्थिक सहुलियतका कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । युनियनले राहत प्याकेजमा सञ्चारमाध्यमको नवीकरण शुल्क र करमा छुटलगायत प्रक्रिया पनि समावेश गर्न सरकारलाई सुझाएको छ ।

‘कोरोना भाइरसको सङ्क्रमणका कारण आफ्नो जीवन जोखिममा राखेर आमजनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना सङ्कलन गरी प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चार क्षेत्र पनि यतिखेर मारमा परेका छन् । सञ्चालनमा रहेका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी पनि सुरक्षाका आवश्यक उपकरण र सामग्रीको अभावमा जीवनको जोखिम मोलेर सूचना सङ्कलन र सम्प्रेषणमा तल्लीन छन्’, विज्ञप्तिमा उल्लेख छ ।

तत्काल सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहत पुर्‍याउने विशेष प्याकेजको घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष सिग्देलले दैनिक फिल्ड र कार्यालयमा कार्यरत सञ्चारकर्मीका लागि पनि कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउनसमेत आग्रह गरेका छन् ।

युनियनले महामारीको विषम परिस्थितिमा सत्यतथ्य र आधिकारिक सूचनामा आधारित समाचार सामग्री मात्र सम्प्रेषण गर्नसमेत आग्रह गरेको छ । रासस

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्