नुवाकोटका १ जनामा कोरोना आशंका

 न्यूज विराट
नुवाकोटका १ जनामा कोरोना आशंका

नुवाकोट, २४ वैशाख-नुवाकोटको विदुर नगरपालिकाका १ व्यक्ति कोरोना भाइरससँग लक्षण देखिएकाले जिल्ला त्रिशूली अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार आज साँझ ज्वरो आएर त्रिशूली अस्पताल पुगेका उनमा कोरोना संक्रमणको लक्षण बढी मिल्दोजुल्दो फेला परेपछि अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार थालिएको हो ।

आज उनको स्वाब संकलन गरेर थप परीक्षणका लागि काठमाडौं पठाइएको छ । कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको उनकोे स्वाब परीक्षणको प्रतिवेदन शुक्रबारसम्म आउने जनाइएको छ । उनी १ महिनाअघि भारतको दार्जिलिङबाट विदुर फर्किएका थिए ।

यसअघि पनि नुवाकोटका २ जनालाई त्रिशूली अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो । उनीहरुको स्वाब परीक्षणबाट भाइरसको संक्रमण नदेखिएपछि घर पठाइएको छ ।

सम्बन्धित समाचार

नेकपा अध्यक्ष पोखरेलको पहलमा मन्त्री घिमिरेले गरे रतुवामाईका क्वारेन्टाइन निरिक्षण

विराटनगर, जेठ २२–प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको रतुवामाई नगरपालिकामा रहका क्वारेन्टाइनहरुको निरिक्षण गरेका छन् । संविधानसभा सदस्य तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको पहलमा स्वास्थ्य प्राविधिक टोलीका साथमा पुगेका मन्त्री...

विराटनगरका रोहितको गोलीहानी हत्या, सम्झना चोक शोकमा डुब्यो

विराटनगर । विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोलीहानी हत्या भएको छ । धनकुटाको मुलघाट पुगेर फर्कदै गर्दा सुनसरीको इटहरी– धरान सडक खण्डको सेउती खोला पुलको दक्षिणपट्टी उनको गोली हानी हत्या भएको हो । विराटनगर महानगरपालिका–...

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री हस्तान्तरण

विराटनगर, २० वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आपाङ्गत भएका व्यक्तिहरुका लागि सहायक सामाग्री प्रदान गरेको छ । डाउनटाउनले सीबीआरको सहकार्यमा ४ अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री प्रदान गरेको हो । सहायक सामाग्री अन्तर्गत...

लकडाउनका बेला हुण्डी कारोबार, २४ लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं, २० वैशाखलकडाउनका बेला हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ टंकेश्वर ‍र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरिएको प्रहरीले...

मापदण्ड विपरीत खोला उत्खनन गर्ने सप्लायर्सलाई कटहरी गाउँपालिकाद्धार एक लाख जरिवना

विराटनगर । मापदण्ड विपरीत खोला उत्खनन गर्ने ठेकेदार कम्पनीलाई कटहरी गाउँपालिकाले जरिवना गरेको छ ।गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले मापदण्ड विपरीत खोला उत्खनन गर्ने विराटनगर ६ स्थित श्री आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिलाई १ लाख...

अस्ट्रेलिया छैटौं पटक विश्वविजेता

विराटनगर । भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया...

कोरोनाको खोप बन्ने आशा निराशामा बदलियो

एजेन्सी, बैशाख १२ -कोरोना भाइरसको संक्रमणमा एक प्रभावकारी एन्टस् भाइरल ड्रग असफल भएको छ । यो यसभन्दाअघि ¥यान्डम क्लिनिकल परीक्षणमा असफल भएको थियो । यसलाई लिएर संसारभरमा निकै आशा गरिएको थियो । यसको नाम रेमडेसिभियर...

अझै सञ्चालनमा आएन चार दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग

चार दिनदेखि अवरुद्ध खोडपे–बझाङ जयपृथ्वी राजमार्ग अझै सञ्चालन हुन सकेको छैन । आइतबार राति अविरल वर्षाका कारण बैतडीको पाटन नगरपालिका- ८ झौलेकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सडक तलतिरबाट पहिरो खसेपछि सडक अवरुद्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्