मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ

 न्यूज विराट
मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले चाइनिज पेस्तोल र सिक्सर पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल  बिओपी सिक्टीले मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारीबाट पेस्तोलसहित दुई जनालाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका ८ हसनगढीका २८ वर्षीय आरिफ आलम र उर्लाबारी ६ का २९ वर्षीय नवीन धिमाललाई पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका एसपी राजकुमार लामिछानेले जानकारी दिए । भारतबाट अवैध रूपमा ल्याएको पेस्तोल सशस्त्र प्रहरीले आलमको साथबाट बरामद गरेको हो । को २७ प ४०६ नं। को पल सर मोटरसाइकल चेकजाँच गर्दा आलमको साथबाट अटोमेटिक चाइनिज पेस्तोल फेला परेको थियो । आलमले बोकेको पेस्तोल धिमालले मगाएको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो । प्रहरीको उनीहरूको साथबाट पेस्तोलमा लाग्ने एक राउण्ड गोली पनि बरामद गरेको छ । प्रहरीले धिमालको साथबाट नगद ४७ हजार ७ सय ७० रुपैयाँ पनि बरामद गरेको छ । भारतबाट पढाइदिएको पेस्तोल धिमालले ६५ हजार रुपैयाँमा खरिद गर्ने बताए अनुसार आलममार्फत सो पेस्तोल ल्याएको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट सुलेको छ ।

पक्राउ परेका धिमाल र आलम लागू औषध कारोबारी पनि रहेको बुझिएको छ । हातहतियार देखाएर लागू औषधको कारोबार गर्ने उद्देश्यले पेस्तोल मगाएको हुनसक्ने प्रहरीको आशङ्का रहेका छ ।
सशस्त्र प्रहरीले बरामद गरेको हातहतियारसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाएको छ । पक्राउ परेका दुवै जनालाई इप्रका रंगेलीले आज मोरङ अदालतमा हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्नेछ । घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

स्थानीय सरकारको गैरजिम्मेवारी : कोरोना सङ्कटका बेला विलासी गाडी किन्न टेन्डर

जनकपुरधाम, ४ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यून गर्ने सरकारले लकडाउन लागू गरेका बेला स्थानीय तह जनतालाई राहत दिनुका साट्टा विलासी गाडी किन्न टेण्डर निकालेका छन् । धनुषाको हंसपुर नगरपालिकाले करिब १ करोड...

प्रदेश १ का १८ स्थानीय तहमा स्किम बैंक सुरु गरिने

विराटनगर, ३ पुस । प्रदेश १ सरकारले नौ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन...

बाँके र बर्दियामा थपिए काेराेनाका ४० संक्रमित

काठमाडाैं, २४ जेठ-बाँके र बर्दियामा गरी ४० जनालाई कोरोना भाइरस (कोभिड १९)काे संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा गरिएकाे परीक्षणमा बर्दियाका २८ र बाँकेका १२ जनामा काेराेना पुष्टि भएकाे हाे । अस्पतालका अनुसार संक्रमित...

टी–१० क्रिकेट प्रतियोगिता सुरु, पहिलो खेलमा विराटनगर प्यान्थर्सको विजयी सुरूवात

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको वाइआरसीसी क्रिकेट क्लबलाई ६ रनले...

सौराहाका व्यवसायी भन्छन-एमाले प्रतिनिधिको हार्दिकता र व्यवहार गजब लाग्यो

राधेश्याम खतिवडा, चितवन । नेकपा एमालेको दशौँ महाधिवेशनका क्रममा चितवनको सौराहामा लगातार तीन दिनसम्म झन्डै आठ हजारको सङ्ख्यामा भिड थियो । महाधिवेशन प्रतिनिधिसँगै चासो राख्ने एमालेका हजारौँ कार्यकर्ताले सौराहा भरिएको थियो । मङ्सिर १०, ११, १२...

संक्रमितको संख्या २५८ पुग्यो आज थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं, जेठ २-नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरूमा मकवानपुर निवासी ३७...

धनकुटा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर, १८ जेठ ।धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान राती २ बजे धनकुटा नगरपालिका-६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प...

मोदीले १ करोड बढीलाई रोजगारी दिने विशेष आयोजनाको उद्घाटन गर्ने

एजेन्सी, असार १०-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले सुरु गर्न लागेको विशेष रोजगार आयोजनाको यही जुन २६ मा उद्घाटन गर्ने भएक छन् । भारत सरकारले सो आयोजना कोभिड १९ पछिको अवस्थामा यहाँका कम्तीमा पनि १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्