धनकुटा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु - News Birat

धनकुटा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

न्यूज विराट

विराटनगर, १८ जेठ ।धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान राती २ बजे धनकुटा नगरपालिका-६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा  खाँदवारी नगरपालिका-१० संखुवासभा घर भई धनकुटा नगरपालिका-६ मा डेरा गरी बस्ने २४ बर्षीय पुरन राई घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसैगरी  गत सोमबार साँझ साँढे ६ बजे मोरङको बिराटनगर महानगरपालिका-१० मा को ३९ प  ७८९५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ८५ बर्षीय मुसा यादबलाई ठक्कर दिंदा घाईते भएका यादवको उपचारको क्रममा हिजो साँझ नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles