सौराहाका व्यवसायी भन्छन-एमाले प्रतिनिधिको हार्दिकता र व्यवहार गजब लाग्यो

 न्यूज विराट
सौराहाका व्यवसायी भन्छन-एमाले प्रतिनिधिको हार्दिकता र व्यवहार गजब लाग्यो

राधेश्याम खतिवडा, चितवन । नेकपा एमालेको दशौँ महाधिवेशनका क्रममा चितवनको सौराहामा लगातार तीन दिनसम्म झन्डै आठ हजारको सङ्ख्यामा भिड थियो । महाधिवेशन प्रतिनिधिसँगै चासो राख्ने एमालेका हजारौँ कार्यकर्ताले सौराहा भरिएको थियो । मङ्सिर १०, ११, १२ र १३ गते सौराहामा रहेका सबै होटल बुक भएका थिए । भरिभराउ सौराहामा एमालेका कार्यकर्ताको हार्दिकता र व्यवहारले नयाँ छाप छाडेको छ ।

नेकपा एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधिको व्यवस्थापन शैली देखेर सौराहावासी उत्साहित भएका छन । सौराहाका होटलमा बसेका एमालेका प्रतिनिधिले देखाएको हार्दिकता र अनुशासनले सौराहाका व्यवसायी खुसी भएका हुन् । कार्यक्रममा सहभागी प्रतिनिधिमात्र होइन, अवलोकनका लागि आएका अन्य कार्यकर्ताको व्यवहारले समेत सौराहाका व्यवसायी प्रभावित भएका छन ।

मङ्सिर १० गते बेलुकादेखि १४ गते बेलुकासम्म एमालेका प्रतिनिधिहरू सौराहामा रहेका थिए । चार रात पाहुनाको रूपमा एमालेका प्रतिनिधि आफ्नो होटलमा बास बस्दा उनीहरूले देखाएको हार्दिकता र व्यवहार सोचेभन्दा फरक पाएको व्यवसायीहरूले बताए । प्रतिनिधिसँगै आएका अन्य कार्यकर्ता पनि पर्यटनमैत्री पाइएको व्यवसायीहरूले बताए ।

राजनीतिक दलको कार्यक्रम भनेपछि हल्ला, विवाद, झगडा पर्ने हो कि भन्ने चिन्ता सौराहाका व्यवसायीमा थियो । व्यवसायीहरूले खानपिन, बोली, व्यवहारका कारण समस्या आउन सक्ने आँकलनसमेत गरेका थिए । तर यो महाधिवेशनमा सहभागी एमालेका प्रतिनिधिहरूले अरू पक्षले पनि सिक्न सक्ने व्यवहार देखाएर गएका व्यवसायीहरू बताउँछन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले एमालेका हजारौँ कार्यकर्ता तीन दिन सौराहामा जम्मा भएर यति ठूलो कार्यक्रम गर्दा कहीँ कतै सामान्य विवादसमेत नभएको देख्दा खुसी लागेको बताउनुभयो । एमालेका प्रतिनिधि र कार्यकर्ताको व्यवहार, प्रस्तुतिले आफूहरू प्रभावित भएको उहाँले बताउनुभयो । ‘यसअघि यस्ता ठूला कार्यक्रम हुँदा कहाँ कति बेला के हुन्छ भन्दै चिन्ताले निदाउन पाएका थिएनौँ’, उहाँले भन्नुभयो, ‘एमालेको यो कार्यक्रममा धेरै चिन्ता लिन परेन, ढुक्कसँग निदाउन पायौँ ।’

विगतमा एक दिनका लागि भएका यस्ता कार्यक्रममा पनि अनेक समस्या झेल्नुपरेको स्मरण गर्दै घिमिरेले यस पटकको यति ठूलो कार्यक्रममा एमालेका प्रतिनिधि र कार्यकर्ताले गजबको छाप छोडेर गएको बताउनुभयो । नेतृत्वमा रहेका व्यक्तिहरूमा पनि सानो–ठूलो नभनी सामान्य हिसाबले प्रस्तुत हुने शैली र साना कुरामा पनि संवेदनशील व्यवहार देखाएका पाइएको सौराहाका पर्यटन व्यवसायी रामकुमार अर्यालले बताउनुभयो ।

एमालेको व्यवस्थापन कलाबाट अरूले सिक्नुपर्ने देखिएको बताउँदै उहाँले पार्टीको निर्देशन पालना र स्व अनुशासनमा असाध्यै संवेदनशील बनेको पाइएको बताउनुभयो । कतिपय कार्यक्रममा आयोजकले निर्धारण गरेको तालिकाअनुसार नहिँड्ने, आफूखुसी रमाइलो गरेर हिँड्ने गर्दा होटलमा रातभरि दुःख पाइने गरेकोमा यस पटक त्यस्तो नभएको अर्यालले बताउनुभयो । ‘समयको पालना गर्ने शैली गजब लाग्यो,’ अर्यालले भन्नुभयो, ‘आयोजकले तोकेको तालिकामा संवेदनशील भएको पाइयो ।’

सौराहाका व्यवसायी राममणि खनालले एमालेका कार्यकर्ताको प्रस्तुति राम्रो रहेको बताउनुभयो । ‘अरू कार्यक्रममा रक्सी खाएर सडकमै होहल्ला गरेर विवाद हुने गरेका कैयौँ घटना देखिएको थियो’, खनालले भन्नुभयो, ‘एमालेको यो कार्यक्रममा धेरै अनुशासित देखियो ।’ महाधिवेशनमा सहभागी प्रतिनिधि मात्र नभइ अवलोकनका लागि आएका कार्यकर्ता पनि धेरै अनुशासित रहेको देखिएको उहाँले बताउनुभयो । विगतमा रक्सी खाएर हो–हल्ला र विवाद हुँदा मिलाउनका लागि कुद्नुपरेको स्मरण गर्दै खनालले यति ठूलो भिड हुँदा पनि सौराहामा केही विवाद नभएको बताउनुभयो । ‘रक्सी खाएर बोतल फुटाउँदै बाटोमा मात्र होइन होटलमा समेत झगडा गर्ने भेटिन्थे’, खनालले भन्नुभयो, ‘एमालेको यो कार्यक्रममा न बाटोमा न होटलमा कहीँ पनि विवाद देखिएन ।’

सौराहामा रेस्टुरेन्ट व्यवसाय गर्नेहरूको संस्था रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले एमालेका प्रतिनिधि र कार्यकर्ताहरूको खानपिन शैली, अनुशासन र व्यवहार गजब लागेको बताउनुभयो । ‘उहाँहरूको हार्दिकता र व्यवहार गजब लाग्यो’, उहाँले भन्नुभयो, ‘राजनीतिक दलले गर्ने कार्यक्रमको व्यवस्थापकीय कुशलता अनुसरणयोग्य पाइयो ।’

सम्बन्धित समाचार

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले प तथा गोपनीयताको शपथ गराएका हुन् । कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका...

आज बकर इद मनाइँदै

काठमाडौं, १७ साउन-इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस...

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई नियुक्त गरेको हो । उनलाई आज नियुक्तिपत्र दिने तयारी रहेको बुझिएको छ । यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक...

कोरोना त्रासले मोरङ कांग्रेसको बैठक स्थगित

विराटनगर, चैत २–कोरोना संक्रमण त्रासलाई मध्यनजर गर्दै नेपाली कांग्रेस मोरङको बैठक स्थगित भएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेका अनुसार चैत ५ गतेको लागि पार्टीको बैठक तय थियो । घिमरेले आइतबार पार्टीले बैठक स्थगनबारे...

विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, भर्ना लिन मङ्गलवार प्रवेश परीक्षा

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेज गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावक र विद्यार्थीको रोजाइमा परेको छ । दक्ष, एवं योग्य प्राध्यापक र शिक्षकहरूबाट पठनपाठन हुने कान्तिपुर अहिले विद्यार्थीको पहिलो रोजाइको केन्द्रमा पर्ने गरेको हो । विज्ञान,...

कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो, २४ घण्टाभित्र ३ को मृत्यु

काठमाडौं, ३१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १ सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या १ सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

२ सय शीत भण्डार निर्माण गरिने

काठमाडौं, १५ जेठ-सरकारले २ सय शीतभण्डार निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।उनले यसका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् । सामूहिक खेती नगर्नेलाई...

सुनसरीमा ५६ संक्रमित थपिए

विराटनगर, १६ भदौ–सुनसरीमा मंगलबार अहिलेसम्मकै धेरै ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार ११ जना महिला र ४५ जना पुरुष गरी थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्