टी–१० क्रिकेट प्रतियोगिता सुरु, पहिलो खेलमा विराटनगर प्यान्थर्सको विजयी सुरूवात
सोमबार, १४ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स क्रिकेट क्लब विजयी भएको छ ।
विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको वाइआरसीसी क्रिकेट क्लबलाई ६ रनले हराउँदै प्यान्थर्स विजयी भएको हो । जितसँगै प्यान्थर्सले दुई अंक जोडेको छ ।
टस जितेर ब्याटिङ रोजेको प्यान्थर्सले ७ ओभरमा ७ विकेट गुमाई ८१ रन बनाएको हो । प्यान्थर्सका अलराउन्डर खेलाडी बसिर अहमदले ११ बलमा ३२ रन बनाए । उनले ४ छक्का र १ चौका प्रहार गरे । तुल बहादुर थापाले ८ बलमा १५ रन पारी खेल्दा एमडी अफाकले ६ बलमा ११ रनको योगदान दिए । वाइआरसीसीका अभिषेक पाठकले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । हेमन्त धमला र विपिन खत्रीले समान २ –२ विकेट लिए । प्यान्थर्सले दिएको ८२ रनको विजय लक्ष्य पछ्याएको वाइआरसीसीले ७ ओभरमा ८ विकेट गुमाइ ७५ रन मात्रै बनायो । वाइआरसिसीका ओपन देव खनालले ७ बलमा २० रन बनाए । उनले २ छक्का र २ चौका हिर्काए । अभिषेक पाठकले ८ बलमा २८ रनको योगदान दिए । उनले तीन छक्का र १ चौका प्रहार गरे । विनोद भण्डारीले १२ बलमा १० रन बनाउँदा अन्य वाइआरसीसीका अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
प्यान्थर्सका अलराउन्डर खेलाडी बसिर अहमदले घातक बलिङ गरे । उनले २ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । उनी खेलको प्लेर अफ म्याच घोषित भए । साहब आलम र आयुष तिम्सिनाले समान १ –१ विकेट लिए । दिवा रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि विराटनगर ६ बरमपुरामा १२ लाखको लागतमा बाँसको खम्बामा अस्थायी फलड्लाईटको व्यवस्था गरेको छ । विराटनगर ६ का वडाअध्यक्ष अक्षय सहनीका अनुसार विजेता टिमले ५ लाख, उपविजेताले २ लाख, तेस्रोले एकलाख र चौथो हुने टिमले ५० हजार पुरस्कार पाउने छ । प्रतियोगिता सञ्चालनकालागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमध्ये वडा कार्यालयले ७ लाख दायित्व बोक्ने र बाँकी रकम प्रायोजकबाट संकलन गर्ने लक्ष्य रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमदबावु कुरेसीले बताए । प्रतियोगिताको म्यान अफ द सिरिजलाई २५ हजार, हरेक म्याचको म्यान अफ द म्याचलाई तीन हजार र एक ओभरमा ६ छक्का हान्ने ब्याटरलाई पुरस्कार स्वरुप वासिङ मेसिनको व्यवस्था गरिएको कुरेसीले वताए । उनका अनुसार प्रतियोगितामा विश्वकप खेल्न अमेरिका पुगेका खेलाडी बाहेकका मुलुकका सबै खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा मुलुकका विभिन्न ७ वटा क्लबको सहभागिता रहने र ती हरेक क्लबमा चार जना विदेशी खेलाडीले सहभागिता जनाउने छन् ।
गोपाल प्रसाद पोखरेलविराटनगर । कोशी प्रदेशमा आर्यूवेदीक स्वास्थ्य केन्द्रको अवस्था संघीयताको आवागमनसँगै कोशी प्रदेशका जिल्लाहरुमा स्वास्थ्य क्षेत्रको अवस्थामा आमूल परिवर्तनको महशुस भएको छ । घरदैलो सम्मै सेवाको पहुँच पुर्याउन संघीय , प्रदेश र स्थानीय सरकार...
विराटनगर, जेठ ३१–मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा एकपछी अर्को खुलासा हुँदै जान थालेको छ । उक्त संस्थाका अध्यक्ष विश्वकर्मा बहुमत साधारण सदस्य, कार्यसमितिका अन्य सदस्य तथा पदाधिकारीहरुको सहमति विपरित...
विराटनगर । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई खाजा खुवाएको छ । विराट बाहिरा माविमा अध्ययनरत विद्यार्थीहरुलाई क्लबले खाजा कार्यक्रम आयोजना गरेको हो । बालबालिकाहरूलाई पौष्टिक, ताजा पकाइएको खाजा...
विराटनगर । कृषि विकास विराटनगर शाखाले विराटनगर महानगरपालिका र हाम्रो समाजलाई डस्विन प्रदान गरेको छ ।विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरलाई केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर डस्विन प्रदान गरिएको कृषि...
काठमाडौं, ३ वैशाख-काठमाडौंको पेप्सीकोला टाउनप्लालिङमा रहेको सनसिटी अपार्टमेन्टमा गरिएका र्यापिड टेस्टमा २९८ जनामा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा सनसिटीमा गरिएको र्यापिड टेस्टमा २९८ जनाको नेगेटिभ...
विराटनगर । विराटनगरमा जारी चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा आज भएको अन्तिम क्वारटफाइ खेलमा पूर्व बिजेता गोलबजार स्पोर्टिङ क्लब गोलबजारले सुरुवाती अग्रता लिएको छ ।पहिलो हाफमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई १–० गोलले...
काठमाडौं, १ असोज-सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबारको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार...
विराटनगर, २१ साउन–प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ पुरुष ४...