प्रदेश १ मा मन्त्रालय फुटाउने निर्णय तत्काल फिर्ता लिन एमालेको माग

 न्यूज विराट
प्रदेश १ मा मन्त्रालय फुटाउने निर्णय तत्काल फिर्ता लिन एमालेको माग

विराटनगर, १८ माघ । प्रदेश १ सरकारले मन्त्रालय फुटाउन गरेको निर्णय तत्काल फिर्ता लिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माग गरेको छ । एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालय फुटाएर १२ वटा बनाउने निर्णयको औचित्यसमेत पुष्टि गर्न चुनौती दिएका छन् । 

एमालेले प्रदेश सरकारको पुँजीगत खर्चको तुलनामा साधारण खर्च अत्यधिक रहेको, विकास आयोजनाहरूमा बजेट कटौती भएको, बजेट अभावमा महत्वपूर्ण आयोजनाहरू अलपत्र रहेको अवस्थामा प्रदेश सरकारका साविक ६ वटा मन्त्रालयलाई फुटाएर १२ वटा मन्त्रालय खडा गर्ने सरकारको निर्णयको औचित्य पुष्टि गर्न गठबन्धन सरकारलाई चुनौती दिएको हो ।

‘प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरि अनौचित्यपूर्ण तवरले गरिएको मन्त्रालयहरू थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन यो कमिटी जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको ढुकुटीमा ब्रम्हलुट मच्चाउने, जनताको ढाड सेक्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउने गठबन्धन सरकारका कलुसित निर्णयको तीव्र निन्दा, घोर भत्सर्ना र व्यापक विरोध गर्दछ ।’ 

सम्बन्धित समाचार

सर्जिकल मास्क र सेनिटाइजरको कालोबारी गर्ने अग्रवाललाई म्याद थप

विराटनगर, चैत ११–कोरोना भाइरस (कोभिड १९) को प्रकोपको बेला विराटनगरमा सर्जिकल मास्क र सेनिटाइजरको बजारमा अभाव देखाएर कालोबारी गर्ने विराटनगरका एक व्यापारीलाई कालोबजारी ऐन अन्तर्गत म्याद थप गरिएको छ । अनुचित लाभ लिने उद्देश्यले मास्क...

खतरानाक लागुऔषधसहित एक पक्राउ

विराटनगर, साउन १४–मोरङबाट प्रहरीले खतरनाक र नयाँ प्रकृतिको लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । विश्व बजारमा महंगो र खतरनाक मानिएको मेथान्टामाइन आइस नामक लागुऔषधसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल पक्राउ परेको...

बीपी प्रतिष्ठानमा कर्मचारी नियुक्ति र बढुवा नगर्न उच्च अदालतको आदेश

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोक सेवा आयोगको सहभागिता बिना कर्मचारी नियुक्ति तथा स्वत बढुवा नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश गणेशप्रसाद बरालको एक इजलासले निवेदक सञ्जय...

मुख्यमन्त्री राईद्वारा सहिद दिवसको शुभकामना

विराटनगर, माघ १६–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका लागि जीवन आहूति दिने...

चितवनकी कोरोना संक्रमितको चौथो रिपोर्ट पनि पोजिटिभ

चितवन, २२ वैशाख-पूर्वी चितवनकी कोरोना संक्रमित महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजिटिभ देखिएको छ ।भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनसार हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट फेरि पनि पोजिटिभ देखिएको हो । कोरोना...

सामाजिक काममा अझ सकृय युवा संघ

विराटनगर, २ असोज–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ मोरङ कोरोना भाइरसको संक्रमण रोकथान तथा नियन्त्रणमा पनि सकृय भएको छ । कोरोना माहामारीमा राहत र उद्धारमा सर्वसाधारणको घर घर पुगेर सहयोग पुर्याउँदै आएको...

एनसीडिए मोरङका अध्यक्षद्धारा आश्रममा दैनिक उपभोग्य सामाग्री वितरण

विराटनगर । विराटनगर – ८ विराटेश्वर आश्रममा नेपाल औषधी व्यवसायी संघ मोरङ (एनसिडिए) का अध्यक्ष देशबन्धु ढकालले सहयोग गरेका छन् ।माता तीर्थ औसीको अवसर पारेर बुधबार आश्रममा रहेका आमाहरुलाई औषधी व्यवसायी ढकालले दैनिक प्रयोग हुने...

बन्दाबन्दी खुकुलो बनाउन मोरङका दलहरुको सरकारलाई आग्रह

विराटनगर, जेठ २३–लामो समयदेखि जारी बन्दाबन्दीका कारण सवै क्षेत्र मारमा परेकाले त्यसको उचित विकल्प खोज्न सरकारलाई मोरङका दलहरुले आग्रह गरेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मोरङको कार्यालयमा अध्यक्ष मो. कादीरको अध्यक्षतामा सम्पन्न सर्वदलिय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्