सामाजिक काममा अझ सकृय युवा संघ - News Birat

सामाजिक काममा अझ सकृय युवा संघ

न्यूज विराट

विराटनगर, २ असोज–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ मोरङ कोरोना भाइरसको संक्रमण रोकथान तथा नियन्त्रणमा पनि सकृय भएको छ ।

कोरोना माहामारीमा राहत र उद्धारमा सर्वसाधारणको घर घर पुगेर सहयोग पुर्याउँदै आएको युवा संघ मोरङ अझ सकृय बनेको हो । युवा संघ मोरङले शुक्रबार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विराटनगरस्थित कोशी अस्पताल परिसरमा ‘स्यानिटाइज’ गरेको छ ।

युवा नेता मो. आजमको संयोजकत्वमा युवा संघले शुक्रबार कोशी अस्पतालमा ‘स्यानिटाइज’ गरेको हो । सो अवसरमा युवा संघका केन्द्रीय सदस्य मुकेश बुढाथोकीले ‘स्यानिटाइज’ अभियानमा सहभागिता जनाएर युवाहरुलाई हौसला प्रदान गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles