विराटनगर । विराटनगर – ८ विराटेश्वर आश्रममा नेपाल औषधी व्यवसायी संघ मोरङ (एनसिडिए) का अध्यक्ष देशबन्धु ढकालले सहयोग गरेका छन् ।
माता तीर्थ औसीको अवसर पारेर बुधबार आश्रममा रहेका आमाहरुलाई औषधी व्यवसायी ढकालले दैनिक प्रयोग हुने सामाग्रीहरू प्रदान गरेका हुन् ।
आश्रममा रहेका ज्येष्ठ नागरिक वृद्धाहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने सामाग्रीहरू ढकालले आश्रमका अध्यक्ष जगत प्रसाद आर्याललाई हस्तान्तरण गरे । उनले चप्पल, बाल्टिङ, झुललगायतका सामाग्रीहरू वितरण गरेका थिए । आश्रममा ६५ जना ज्येष्ठ नागरिक बसोवास गर्दै आएका छन् ।
सोही अवसरमा आश्रममा परिसरमा वृक्षारोपण पनि गरिएको छ । विभिन्न प्रजातिका विरुवाहरु वृक्षारोपण गरिएको ढकालले बताए ।