राशिफल

मुख्यमन्त्री राईद्वारा सहिद दिवसको शुभकामना

 न्यूज विराट
मुख्यमन्त्री राईद्वारा सहिद दिवसको शुभकामना

विराटनगर, माघ १६–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका लागि जीवन आहूति दिने सम्पूर्ण ज्ञात(अज्ञात सहिदको सम्झना गर्दै सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।

‘नेपालका सबै आन्दोलन सफल बनाउन नेपाली वीर सपुतको बलिदानी रहेको छ,’ मुख्यमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ । ‘स्वतन्त्रताको पक्षमा निरंकुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान सहिदहरुको योगदान सधैँ स्मरणीय रहनेछ । आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञात(अज्ञात महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा उच्च सम्मान अर्पण गर्दछु,’ शुभकामना सन्देशमा उल्लेख छ ।

नेपालमा प्राप्त लोकतन्त्र र अग्रगमन हाम्रा महान् सहिदहरुका त्याग तथा बलिदानको परिणाम हुन् । सहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्न सकेमा मात्र सहिदहरुप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने मुख्यमन्त्री राईको विश्वास छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्ध बनाउन सहिदहरुको सपना तथा योगदान सधै प्रेरणादायी हुने मुख्यमन्त्री राईले विश्वास लिएका छन् । देशलाई दिगो आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउँदै सहिदहरुको सपना साकार पार्नका लागि एक भएर लाग्न मुख्यमन्त्री राईले सबैलाई आग्रह गरेका छन् ।

‘पछिल्लो चरणमा भएको निर्वाचनपछि मुलुक राजनीतिक स्थिरतातर्फ अगाडि बढेसँगै सहिदका सपना पूरा हुँदै गएका छन् । र, बाँकी रहेका सहिदका अधुरा सपना पूरा गर्ने दिशामा हामी अगाडि बढिरहेका छौं,’ शुभकामना सन्देशमा भनिएको छ । ‘नेपाली माटोले जन्माएका सहिदहरुप्रति पुनः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रदेशको विकास र समुन्नतिका लागि सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ मुख्यमन्त्री राईले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...