बूढीगंगामा युवाहरुबिच ‘ग्याङ फाइट’, एक युवकको हत्या

 न्यूज विराट
बूढीगंगामा युवाहरुबिच ‘ग्याङ फाइट’,  एक युवकको हत्या

विराटनगर, २९ कात्तिक । विराटनगरसँगै जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा युवाहरुबिच ‘ग्याङ फाइट’ हुँदा एक युवकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–६ स्थित कोयलपुरमा गएराति युवाहरुबीच ग्याङ फाइट हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको मृत्यु भएको हो । पाख्रीबास घर भएका दाहाल इटहरी उपमहानगरपालिका–१३ स्थित खनारमा डेरा गरेर बस्दै आएका थिए ।

बढीगंगा ६ का नानु लिम्बूको भतिजीको बर्थडे मनाउन रिजन आइतबार राती उनको घर गएका थिए । बर्थडे पार्टी मनाउने क्रममा मदिरा सेवन गरेर आएका युवाहरुबिच विवाद हुँदा ‘ग्याङ फाइट’ भएको थियो ।

बुढीगंगा–६ का २३ वर्षीय धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायतको समुहसँग दाहालेको विवाद भएको थियो । विवाद बढदै गएपछि दाहाललाई ती युवाको समुहले स्थानीय डम्बर बाहदुर लिम्बुको बारीमा लगेर खुकुरी प्रहार गरेका थिए ।

टाउँकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नाउव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए । उनले दाहाललाई सात जनाको समूहले खुकुरी प्रहार गरेको बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार मृतक दाहालको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल विराटनगरमा राखिएको छ । सो घटनामा नानु लिम्बु र कमल थापा पनि घाइते भएका छन् । लिम्बुको दाँया हातमा चोटपटक लागेको प्रहरीले जनाएको छ । झगडा छुट्याउने क्रममा उनीहरु घाइते भएका हुन् ।

घटनाको अनुसन्धानका लागि मोरङ प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ । बुढीगंगा–७ का २५ वर्षीय अजय श्रेष्ठ र धनकुटा–४ दव्रेबासका २४ वर्षीय कमल थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा तीन सहित प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, १५ असार-एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता...

विराटनगरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा व्यापार मेला सुरु

विराटनगर । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले व्यापार मेला आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा व्यापार मेला ‘रोटरी ट्रेड फेयर’ आयोजना गरेको हो ।  मेलामा ५० भन्दा बढी...

विराटनगरमा बजाजको एक्स्चेन्ज मेला आइतबारदेखि, यस्तो छ मेलामा विशेषता

विराटनगर । विराटनगर ३ मुनाल पथमा ‘बजाज एक्स्चेन्ज मेला’ आइतबारदेखि सुरु हुने भएको छ । बजाज कम्पनीको आधिकारिक बिक्रेता एस एन्ड ब्रोदर्श अटो प्रा.लि. को आयोजनामा बजाज एक्स्चेन्ज मेला सुरु हुन लागेको हो । आउँदै...

ट्रक व्यवसायी संघमा चुनाव नगराउने षड्यन्त्र, उच्च अदालतले दियो अल्पकालीन आदेश

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघलाई साधारण सभा तत्काललाई नगर्नु नगराउनु भनी उच्च अदालत विराटनगरले संघका नाउँमा अल्पकालीन आदेश जारी गरेको छ । निवेदक मेघराज सिग्देल सहितले उच्च अदालत विराटनगरमा विपक्षी विराटनगर ट्रक व्यवसायी संघका...

प्रमुख सेनानी विष्टको शव लिन सुडान उड्याे श्री एयरको जहाज

काठमाडौं, २९ चैत-शान्ति मिसनमा खटिएका बेला मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको शव लिन श्री एयरलायन्सको जहाज सुडान उडेको छ ।सुडानको डारफोर मिसन मुख्यालयमा स्टाफ अफिसरका रूपमा खटिएका विष्टको १७ चैतमा हृदयघातका कारण...

मदन भण्डारी दौड प्रतियोगिता भोली

विराटनगर । मदन भण्डारी सडक दौड प्रतियोगिता हुने भएको छ । नेकोस राष्ट्रिय एथलेटिक्स संघको आयोजनामा विराटनगरमा बुधबार विहान मदन भण्डारी सडक दौड प्रतियोगिता हुने भएको हो । मदन भण्डारीको ७३ औं जन्म जयन्तीको अवसरमा...

‘लक डाउन’ मा धरान सुनसान

विराटनगर, चैत ११–सरकारले लकडाउनको घोषणा गरेसँगै सहरका सडकहरु सुनसान जस्तै देखिएका छन् । सडकमा अत्यवश्यक बाहेकका सवारी साधन देखिदैनन् भने हिड्डुल गर्ने सर्वसाधारण समेत कमै देखिन्छन्। धरानमा मंगलबार नेपाल प्रहरी र नगर प्रहरीले सर्वसाधारणलाई आवागमन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्