विराटनगरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा व्यापार मेला सुरु
शुक्रबार, १९ साउन, २०८०,
न्यूज विराट
विराटनगर । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले व्यापार मेला आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा व्यापार मेला ‘रोटरी ट्रेड फेयर’ आयोजना गरेको हो ।
मेलामा ५० भन्दा बढी स्टल रहेका छन् । उक्त मेलाको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् ।
मेलामा महिलाहरुद्वारा उत्पादीत मौलिक र सृजनात्मक सामाग्रीहरुको प्रदर्शन र बिक्रि वितरण गरिने रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् । उनले महिलाहरुको सृजनालाई घरमै सीमित हुन नदिन र उनीरुको शिप प्रवद्र्धनका लागि मेला आयोजना गरिएको बताइन् ।
अध्यक्ष अग्रवालले १३ वर्ष अघि एउटा कोठाबाट सुरु गरिएको मेला हाल व्यापकरुपमा विस्तार गरिएकोसमेत बताइन् ।
मेलामा लत्ताकपडा, श्रृङ्गारका सामाग्री, गरगहना, खाद्यान्न, विभिन्न प्रकारका खेलहरु, पासाकलगायतका स्टल रहेका छन् ।
मेलामा एक महिलालाई प्रोत्साहन गर्नका लागि निःशुल्क स्टल दिइएको र रोटरी क्लबले गर्ने सामाजिक कार्यहरुबारे जानकारी दिनका लागि स्टल राखिएको क्लबकी पब्लिक इमेज चेयर पुनम राठीले जानकारी दिइन् ।
मेलाको अन्तिम दिन शनिबार साँझ जनचेतनाका लागि ‘मोबाइलको एडिक्सन’ को विषयमा नाटकसमेत प्रदर्शन गरिने छ ।
एजेन्सी, १२ असार । रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले...
प्रदेश १ को प्रदेशसभाको बैठक आउँदो २५ माघका लागि आह्वान भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी २५ माघका लागि बैठक आह्वान गरेको जानकारी दिएका हुन् । प्रदेशसभाको हिउँदे अधिवेशन ७ माघबाट...
काठमाडाैं, १९ जेठ-राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । संविधान संशोधन विधेयक लिएर राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादवलगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका...
विराटनगर । मोरङ प्रहरीले पाँच महिनामा झण्डै दुई सय जना फरार प्रतिवादी पक्राउ गरेको छ । चालु आर्थिक वर्षको साउन देखि मंसिर १२ गतेसम्म १९७ जना फरार प्रतिवादी पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन...
विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरमा गठन भएको छ । विराटनगरमा आज भएको सौन्दर्यकर्मीहरूको भेलाले जुलि प्याकुरेलको अध्यक्षतामा सात जनाको कमिटि गठन गरिएको छ । समितिको उपाध्यक्षमा आशा पाण्डे, सचिबमा हिरा प्रधान र कोषाध्यक्षमा...
विराटनगर । भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया...
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताएका छन् । राष्ट्रिय समाचार समितिसँगकाे कुराकानीमा उनले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि महानगरले सहयोग गर्न तयार रहेको स्पष्ट पारे । स्थायी...
विराटनगर । बिहीबार चर्चित व्याण्ड ‘द इलिमेन्ट्स’ ले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा प्रस्तुति दिंदैछ । ‘मेलोडी पप’ मा लोकप्रिय स्वर इशान राज वन्तको व्याण्ड ‘द इलिमेन्ट्स’ का लागि एक्स्पो स्थल विराटनगर–२ शंकरपुर मार्गको मैदान...