‘लक डाउन’ मा धरान सुनसान

 न्यूज विराट
‘लक डाउन’ मा धरान सुनसान

विराटनगर, चैत ११–सरकारले लकडाउनको घोषणा गरेसँगै सहरका सडकहरु सुनसान जस्तै देखिएका छन् । सडकमा अत्यवश्यक बाहेकका सवारी साधन देखिदैनन् भने हिड्डुल गर्ने सर्वसाधारण समेत कमै देखिन्छन्।

धरानमा मंगलबार नेपाल प्रहरी र नगर प्रहरीले सर्वसाधारणलाई आवागमन गर्न रोकेका छन् । प्रहरीले धेरैलाई सम्झाएर फर्काएका छन् भने अत्यावश्यक काममा हिडेका मानिसलाई समेत भरसक नहिड्न सुझाव दिइरहेका छन् । लकडाउनका कारण बजार समेत बन्द भयो । बजारमा औषधी पसल, छिटफुट रुपमा किराना पसल खोलीएका छन् भने कही केही होटल समेत खुल्ला रहेका थिए ।

धरान प्रवेशको मुख्य नाका तीनकुनेमा प्रहरीले आवतजावतमा पूर्ण रुपमा रोक लगाएको छ । तीनकुनेबाट एम्बुलेन्स, दुध बोक्ने गाडी, सब्जी तथा तरकारी बोक्ने गाडी र स्वास्थ्य संस्था, वित्तिय संस्थाका कर्मचारी बाहेकलाई रोकिरहेको छ । सार्वजनिक सवारीलाई रोक लगाइएको छ भने बिरामी बोकेका गाडी र प्रेसलाई भने छुट छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्