मदन भण्डारी दौड प्रतियोगिता भोली

 न्यूज विराट
मदन भण्डारी दौड प्रतियोगिता भोली

विराटनगर । मदन भण्डारी सडक दौड प्रतियोगिता हुने भएको छ । नेकोस राष्ट्रिय एथलेटिक्स संघको आयोजनामा विराटनगरमा बुधबार विहान मदन भण्डारी सडक दौड प्रतियोगिता हुने भएको हो ।

मदन भण्डारीको ७३ औं जन्म जयन्तीको अवसरमा प्रतियोगिता गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरि नेकोस राष्ट्रिय एथलेटिक्स संघले जानकारी गराएको छ । खुल्ला महिला तथा पुरूष ५ किलोमिटर र विद्यालय स्तरीय १५ वर्ष मुनिका छात्र तथा छात्रतर्फको ३ किलोमिटर खुल्ला दौड प्रतियोगिता हुने संघका अध्यक्ष अनिरूद्र चौधरीले जानकारी दिए ।

पाँच किलोमिटर खुल्ला दौड प्रतियोगिताको बिजेताले नगद १५ हजार १ सय ११, द्धितीय १० हजार १ सय ११, तृतीय ७ हजार १ सय ११, चौथो ५ हजार ११ र पाँचौलाई ३ हजार १ सय ११ रुपैयाँ पुरस्कार रहेको छ ।
तीन सय मिट दौडतर्फको बिजेताले ८ हजार १ सय ११, द्धितीयले ६ हजार १ सय ११, तृतीय ४ हजार १ सय ११, चौथाले २ हजार १ सय ११ र पाँचौले १ हजार १ सय ११ रुपैयाँ पुरस्कार रहेको छ । खुलकुद क्षेत्रको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा रोहित कोइरालाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न साढे चार लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

यार्सा गुम्बासहित पक्राउ परेका दुई जना सार्वजनिक

इनरुवा, २५ असोज-जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावाबँेशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार...

नेकपा कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं, ६ भदौ-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादका विषय अध्ययन गर्न बनेको कार्यदले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवदेन बुझाएको छ । आज अपराह्न ४:४५ मा प्रतिवेदन बुझाएको पार्टी अध्यक्ष...

बेलायत र रसियामा कोरोना संक्रमण द्रुत गतिमा बढ्दै

एजेन्सी, बैशाख ८-युरोपका स्पेन, इटाली, फ्रान्स, जर्मनीमा पछिल्लो केही दिन कोरोना संक्रमण घट्दो क्रममा रहे पनि बेलायत र रसियामा भने तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र बेलायतमा ५ हजार ९ सय संक्रमित...

एमाले महाधिवेशनः मोरङका ५ निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन, (सूचीसहित)

विराटनगर, २६ कात्तिक । आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि मोरङका ५ वटा निर्वाचन क्षेत्रमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । जिल्लाको ६ निर्वाचन क्षेत्र मध्ये चार...

तारा एअरको दुर्गमका सबै उडान ठप्प

काठमाडौं । खराब मौसमका कारण तारा एअरको दुर्गममा हुने सबै उडान ठप्प हुन पुगेको छ । काठमाडौंबाट लुक्ला र फाप्लुमा हुने सम्पूर्ण उडानहरु रद्ध गरिएको तारा एअरले जनाएको छ । त्यस्तै नेपालगञ्ज तथा सुर्खेतबाट हुने...

दैनिक पत्रिकाको छापा संस्करण बन्द गर्न मिडिया सोसाइटीको आह्वान

नेपाली मूलधारका प्रकाशन गृह र स्याटेलाइट टेलिभिजनको छाता संगठन नेपाल मिडिया सोसाइटीले दैनिक पत्रिकाको छापा संस्करण तत्कालका लागि बन्द गर्न आह्वान गरेको छ । विश्वाव्यापी रूपमा फैलिएको कोविड–१९ को प्रकोप नेपालमा पनि बढ्न थालेपछि सोसाइटीले यस्तो आह्वान...

अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

विराटनगर । विराटनगर–१० स्थित अर्किड कलेजले राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिता र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।आइतबार कलेज परिसरमा आयोजित कार्यक्रममा १७ आंै महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुतर्फको ४८ केजी...

अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

अख्तियारका पूर्वप्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले आइतबार थुनामा राख्ने आदेश दिएको छ । बालुवाटारस्थित ललिता निवास क्षेत्रकाे सरकारी जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका उनलाई उनकाे बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले थुनामा पठाउने आदेश दिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्