प्रदेश १ मा बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता

 न्यूज विराट
प्रदेश १ मा बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता

विराटनगर, ६ कात्तिक । बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन् भने सयौ घर डुवानमा परेका छन् ।

प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानविय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएका छन् ।

पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिदा २८ जनाको मृत्यु , १० जना घाईते र ६ जना बेपत्ता भएका हुन् ।

यसैगरी ईलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सुर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते तथा १ जना बेपत्ता भएका छन् । यस्तै धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन्  ।

सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ भने३ जना बेपत्ता भएका छन् । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१२ मा १ जनाको मृत्यु भएको छ ।

भोजपुरको राम प्रसास राई गाउँपालिका-६ मा खोलाले बगाएर १ जनाको मृत्यु भएको तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाऊपालिकामा बाढीका कारण १/१ जनाको मृत्यु भएको छ ।

बेमौसमी झरीका कारण सयौ घर डुबानमा परेका छन् भने ४ हजार भन्दा बढी मानिसहरु बिस्थापित भएका छन् । डुवान भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन भई बिस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने कार्य भईरहेको छ । हाल सम्म १ नम्बर प्रदेश भरी ५ हजार ९५ जना प्रहरी जनशक्ती उद्धार कार्यमा परिचालन भईरहेका छन् भने बाकी प्रहरी तयारी अबस्थामा रहेका छन् ।

सम्बन्धित समाचार

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण

काठमाडौं, १७ साउन-जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवलाई कोरोना भाररस (कोभिड-१९) पोजिटिभ देखिएको छ । शुक्रबार साँझ आएको रिपोर्टमा उनमा काेराेना पोजिटिभ देखिएको हो ।   नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा आफूमा कोरोना संक्रमण पुष्टि...

कोशीमा बजेट सम्बन्धी अध्यादेश पारित, बजेट प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला

विराटनगर । कोशी प्रदेशसभाले यसअघि सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश पारित गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको...

अरनिको कलेजले जित्यो हिसान क्रिकेटको चौथो उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार भएको क्रिकेट खेलमा अरनिको कलेज विजयी भई उपाधि जितेको छ । अरनिकोले वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा २ वर्षपछि हिसान खेलेको...

पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

ताप्लेजुङ, ३० भदौ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।...

साफ महिला च्याम्पियनसिप : आज नेपालले भारतसँग भिड्दै

विराटनगर । साफ माहिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको पहिलो खेलमा घरेलु टोली नेपालले आज शुक्रबार भुटानको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ : ३० बजे सुरु हुनेछ। अघिल्लो संस्करणमा...

एमाले कोशी प्रदेशको अधिवेशन, अध्यक्षमा चार जनाको प्रतिस्पर्धा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश अध्यक्षमा चार जनाको आकांक्षी देखिएको छ । कोशीमा विभिन्न पदका आकांक्षीहरू निर्वाचनसम्मै जानुपरे पनि पछाडि नहट्ने भनेर तयारीमा जुटेका छन् । एमाले कोशीको अधिवेशन...

कास्कीमा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

पोखरा । महानगरपालिकाका वडाहरूमा भागबण्डा नमिलेको र अन्य चार गाउँपालिकामा पनि कुरा नमिलेपछि कास्की कांग्रेसले केन्द्रबाट तालमेल भएको मेयर पदबाहेक पोखराका वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । दिनभर भागबण्डाका लागि छलफल भए पनि...

विराट एक्पो : कृषिका फरक उत्पादनहरूमा उपभोक्ताको चासो

विराटनगर, फागुन ६–विराटनगरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका फरक  उपभोक्ताले चासो देखाएका छन् । एक्स्पोमा राखिएका एबोकाडो, खरायो, अर्गानिक तरकारी, चियालगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ । खरायो हेर्न र पाल्नका लागि जानकामरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्