पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

 न्यूज विराट
पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

ताप्लेजुङ, ३० भदौ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।

हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको छ ।

कोभिडको जोखिम न्यून भए पनि पूर्णरुपमा नहटेकाले वर्तमान अवस्थामा पाथीभरा आउने तीर्थयात्रीहरुलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्डलाई पूर्णरुपले पालना गर्न अनुरोधसमेत गरिएको छ ।

‘सङ्क्रमणको अवस्था सामान्य हुँदै गए पनि पूर्णरुपले हटिसकेको अवस्था छैन, त्यसैले मन्दिरको दर्शन एवम् पूजाआजाका लागि आउने भक्तजनलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्ड पूर्णरुपले पालना गर्न अनुरोधसमेत गरेका छौँ’, कार्यकारी निर्देशक काफ्लेले भने ।

ताप्लेजुङमा पछिल्लो समय सङ्क्रमणको दर न्यून हुँदै गएको छ । सङ्क्रमणको अवस्था सामान्य हुँदै गएपछि चार महिनादेखिको निषेधाज्ञासमेत हटाइएको छ

सम्बन्धित समाचार

प्रदेश २ सरकारले बलिदानी दिवस मनाउने

जनकपुरधाम, पुस २४–प्रदेश २ सरकारले माघ ५ गते वीरगंजमा बलिदानी दिवस बनाउने निर्णय गरेको छ । मधेस आन्दोलनका क्रममा शहादत प्राप्त सहिदहरुको सम्झनामा यस वर्षको बलिदानी दिवस वीरगंजमा मनाउने निर्णय भएको हो । बिहीबार बसेको...

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार

कोभिड–१९ बाट संक्रमित भई उपचाररत नेपाली कांग्रेसका नेता एवं संघीय सांसद मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनले आज एक विज्ञप्ति जारी गर्दै  ३६ दिनको अस्पताल बसाइँ र १६ दिनको घर बसाइँपछि स्वास्थ्य...

२ जनामा कोरोना पुष्टि भएपछि टोखा क्षेत्र सिल

काठमाडौं, १३ जेठ-टोखा नगरपालिकाका २ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रलाई सिल गरिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका-३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने...

त्रिविको स्थगित परीक्षा साउनबाट, परीक्षा फाराम अनलाइनबाट

काठमाडौं, असार ९ । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा...

विराटनगरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा आयोजित व्यापार मेला सम्पन्न, ७ हजार बढीले गरे अवलोकन

विराटनगर । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको व्यापार मेला सम्पन्न भएको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा आयोजना गरेको व्यापार मेला ‘रोटरी ट्रेड फेयर’ सम्पन्न भएको हो । ...

एनबीएससी मिल्स क्रिकेट प्रतियोगिताको फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो । वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल...

‘हाफ म्याराथन’ प्रतियोगितामा रावल र विष्ट प्रथम

विराटनगर । ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र सिंह रावल प्रथम बनेका छन् ।म्याराथन धावक सिंहले निर्धारित मोरङ विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८...

एउटै गाउँपालिकामा १ सय १४ संक्रमित

बुटवल, ११ जेठ-प्रदेश ५ का १२ जिल्ला मध्ये कोरोना संक्रमणबाट सवैभन्दा बढी प्रभावित बाँकेको नरैनापुर हो । नरैनापुर गाउपालिकामा मात्र १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । प्रदेश ५ को अति विकट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्