अरनिको कलेजले जित्यो हिसान क्रिकेटको चौथो उपाधि

 न्यूज विराट
अरनिको कलेजले जित्यो हिसान क्रिकेटको चौथो उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार भएको क्रिकेट खेलमा अरनिको कलेज विजयी भई उपाधि जितेको छ ।

अरनिकोले वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा २ वर्षपछि हिसान खेलेको ग्रिनल्याण्ड कलेजलाई ५८ रनले पराजित गर्दै उपाधि चौथो पटक जितेको हो ।

टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १५ रनको योगफल बनायो । अरनिकोका सुरज झाले २५ रन बनाउँदा नुर अहमदले २० रन, रामनारायण यादवले १६ रन र सोनु साहले १३ रनको योगदान दिए । ग्रिनल्याण्डका गणेश यादव, अमित चौधरी र कुष्ण चौधरीले २–२ विकेट लिए ।

जवाफमा १ सय १६ रनको चुनौती पाएको ग्रिनल्याण्डले १९ ओभरमा सवै विकेट गुमाई ५७ रनमा सिमित भयो । ग्रिनल्याण्डका शुसिल यादवले सर्वाधिक १२ रनको योगदान दिए । अरनिकोका प्लेयर अफ फाइनल नुर अहमदले ४ ओभरमा १३ रन दिएर ४ विकेट लिँदा रामनारायण यादव र अमर यादवले २–२ विकेट लिए ।

प्रतियोगिताको प्लेयर अफ सिरिज ग्रिनल्याण्डका गौरीशंकर माझी घाषित भ एभने उत्कृष्ट ब्याटर मेरिल्याण्डका कृष्ण देव र उत्कुष्ट बलर विकेभिएमका आकाश चौधरी घोषित भए

सम्बन्धित समाचार

वी – डिभिजन क्रिकेट प्रतियोगिता : मिल्स र वेलबारी विजयी

विराटनगर । मोरङ जिल्ला स्तरीय वी – डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा विराटनगरको मिल्स क्रिकेट क्लव र बेलबारी विजयी भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई...

युवा सामाजिक अभियन्ताद्वारा विराटनगरमा दुई सय परिवारलाई खाद्यान्न वितरण

विराटनगर, २३ जेठ । निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएको अवस्थामा विराटनगरका सामाजिक अभियन्ताहरुले आज यहाँ खाद्यान्न वितरण गरेका छन् । म्याप ट्राभल एण्ड टुर्स विराटनगर–११ र विजय ट्रेर्डस –६...

विपी प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर, बैशाख ३१–गोर्खा वेल्फेयर ट्रष्ट नेपालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले विपी कोइराला स्वास्थ्य विज्ञान...

पाल्पा पहिरो अपडेट : ४ सवारी पुरिए, गम्भीर घाइतेलाई मिसन अस्पताल पठाइयो

बुटवल, ८ असार-बुटवलबाट रिडीतर्फ जाँदै गरेका ४ वटा सवारी साधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिएका छन् । शुक्रबार रातभर आएको अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानीक ट्यांकर, ट्रक र पिकअप जिप र कार...

विराट एक्स्पोको तयारी पुरा, ३६१ वटा स्टल रहने

विराटनगर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी...

बलात्कार आरोपित २ जना पक्राउ

सप्तरी,  २ असोज-सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने २ जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७ का १९ वर्षीय रञ्जित मण्डल...

डाक्टर पंकजराजको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ पुस्तक बिमोचन

विराटनगर । विराटनगरस्थित आर्या न्यूरो हस्पिटलका प्रबन्धक निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर पंकजराज नेपालको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ नामक पुस्तक बिमोचन भएको छ । सुनसरीको इटहरीस्थित सोल्टी होटलमा शुक्रबार नेपाल न्यूरो सर्जन...

मोरङको उर्लाबारी आगलागी, चार प्रहरीसहित २८ जना घाइते

विराटनगर । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरीसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार, दुई जना जवान सहित २४ जना सर्वसाधरण घाइते भएका मोरङ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्