कोशीमा बजेट सम्बन्धी अध्यादेश पारित, बजेट प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला

 न्यूज विराट
कोशीमा बजेट सम्बन्धी अध्यादेश पारित, बजेट प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला

विराटनगर । कोशी प्रदेशसभाले यसअघि सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश पारित गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको हो ।

अहिलेसम्म अध्यादेशबाट बजेट धानिरहेको कोशी प्रदेश सरकारलाई अब प्रतिस्थापन विधेयक ल्याएर नयाँ बजेट ल्याउने बाटो खुला भएको छ।

बजेट अध्यादेश पारित भएपछि अब प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको र तिहार लगत्तै प्रतिस्थापन विधेयक ल्याइने गठबन्धनका नेताहरुले बताएका छन्। ‘प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गर्न यो अध्यादेश पारित गर्नुपर्थ्यो’, माओवादी नेता इन्द्र आङ्बोले भने, ‘अब मंसिर १६ भन्दा अघि नै प्रतिस्थापन विधेयक आउनेछ।’

यसअघि प्रदेशमा एक पटक बजेट शून्यताको अवस्थासमेत आएको थियो।
प्रदेशसभाको बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको हो।

ध्यादेश अस्वीकृतिको माग गर्दै सत्ता गठबन्धन दलमा आबद्ध सांसदहरुले प्रदेशसभा सचिवालयमा दर्ता गरेको सूचना सांसद नारायणबहादुर बुर्जा मगरले फिर्ता लिएपछि अध्यादेश स्वीकृत भएको हो।

बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि प्रस्तुत भएको छ। प्रदेशसभाको अर्को बैठक मंगलबार हुनेछ।

सम्बन्धित समाचार

मुस्लिम समुदायको रमजान आजबाट सुरु, लकडाउनले मस्जिद सुनसान

जनकपुर, १३ वैशाखमुस्लिम समुदायको पवित्र पर्व रमजान आजबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बी १ महिनासम्म उपवास बस्छन् ।त्यसलाई रोजा’ भन्ने गरिन्छ । सूर्योदय हुनु करिब २ घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ...

भोलि संविधान संशोधन विधेयक संसदमा दर्ता हुने

काठमाडौं, १७ जेठ-भोलि संविधान संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता हुने भएको छ । संसद सचिवालय सम्भावित कार्यसूचीको पहिलो नम्बरमा संविधान संशोधन विधेयकलाई राखेको छ । यसअघि भने सम्भावित कार्यसूचीमा राखेर अन्तिम समयमा हटाइएको थियो । प्रमुख...

‘प्रेस’ लेखिएको भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हतियारसहित २ जना पक्राउ

सर्लाही, जेठ ४-सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो...

जनकपुरधाम उपमहानगरको राहत : विपन्नलाई कुहिएको चामल

जनकपुरधाम उपमहानगरपालिकाले राहतमा बाँडेको चामल कुहिएको फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-१६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसी परेको तथा कुहिएको भेटिएको हो । चामल सडेको कारण अमिलो गन्ध आएको राहत पाउने...

प्रदेश १ मन्त्रीपरिषद बैठक : निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत

विराटनगर, ३० साउन । प्रदेश १ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । सो उक्त कार्यविधि स्वीकृत भएसँगै अब...

विराटनगरमा तथ्यांकमा आधारित र प्रविधिमैत्री विकासमा जोड

विराटनगर । तथ्यांकमा आधारित विकासले मात्रै विराटनगरको समग्र विकास हुने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताएका छन् । तथ्यांकमा आधारित विकासका लागि विषयविज्ञले तयार पारेको प्रतिवेदन प्रस्तुतीकरणमा विकासविज्ञ डा. सुमनलाल कर्णले तथ्यांकसहित प्रविधिसँग जोडेर विकास गरे लागत...

प्रदेश १ः संरक्षण गृहमा आश्रितहरुलाई खोप लगाउन शुरु

विराटनगर, २८ साउन । प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन...

लखनऊमा थपिए ८ नयाँ संक्रमित, १४ जनाको मृत्यु

एजेन्सी, बैशाख ५-उत्तर प्रदेशको राजधानी लखनऊमा ८ नयाँ सक्रमित भेटिएका छन् । भेटिएका संक्रमितमध्ये ५ जना सदर, ३ जना नजिराबादका हुन् । उनीहरूको बुधबार परीक्षणका लागि स्याम्पल लिएइएको थियो । उत्तर प्रदेशमा संक्रमितको संख्या ८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्