राशिफल

विराट एक्पो : कृषिका फरक उत्पादनहरूमा उपभोक्ताको चासो

 न्यूज विराट
विराट एक्पो : कृषिका फरक उत्पादनहरूमा उपभोक्ताको चासो

विराटनगर, फागुन ६–विराटनगरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका फरक  उपभोक्ताले चासो देखाएका छन् । एक्स्पोमा राखिएका एबोकाडो, खरायो, अर्गानिक तरकारी, चियालगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ । खरायो हेर्न र पाल्नका लागि जानकामरी लिन आउनेहरू धेरै रहेको उदयपुरबाट खरायोको स्टल लिएर आएका हेमन्त भण्डारीले बताए ।

‘विशेष गरी खरायो मासुका लागि पाल्ने गरिए पनि नेपालमा खरायोको मासुका फाइदाका विषयमा उपभोक्तालाई ज्ञान छैन ।’ उनले भने,‘यहि कारणले खरायोलाई सौन्दर्यका लागि मात्रै पाल्ने चलन छ । तर, खरायोको मासु्मा स्वास्थ्यका हिसाबले धेरै फाइदा छ ।’ विगत एक वर्षदेखि व्यावसायिक रुपमा खरायो पाल्दै आएका भण्डारीले खरायो पालनबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको बताए ।

खरायोमा मात्रै हैन चियाका स्टलमा पनि उपभोक्ताको चासो उत्तिकै छ । विशेष गरी ग्रीन टी का विषयमा उपभोक्ताको धेरै चासो देखिएको विराटनगरका व्यवसायी समिर आचार्यले बताए । ग्रीन टी का थुप्रै फाइदा रहेकाले पनि उपभोक्तालाई ग्रीनटीका विषयमा जानकारी दिनु आवश्यक रहेको आचार्यले प्रस्ट्याए । एक्स्पोमा कृषिका नयाँ उत्पादन हेर्न मात्रै नभई स्वास्थ्यका लागि उपयोगी ज्ञानसमेत पाइएको उपभोक्ता शम्भु राजवंशीले बताए ।

एक्स्पोमा राखिएका कृषिजन्य उत्पादनका स्टलहरूमा उपभोक्ताको अत्यधिक चासो देखिएको प्रचार समिति संयोजक नन्दकिशोर राठीले बताए । विशेष गरी नयाँखालका एबोकाडो, किविलगायतका कृषिजन्य उत्पादनमा उपभोक्ताको चासो देखिएको उनको भनाइ छ । दर्शकको चाप र कारोबार उत्साहजनक रहेको आयोजकको भनाइ छ । फागुन १० गते शनिबारसम्म सञ्चालन हुने एक्स्पोमा अन्तर्राष्ट्रियसहित ३ सय ४० वटा स्टल राखिएका छन् । ३ लाख दर्शकले अवलोकन गर्ने एक्स्पोमा १ अर्बभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...