एमाले कोशी प्रदेशको अधिवेशन, अध्यक्षमा चार जनाको प्रतिस्पर्धा

 न्यूज विराट
एमाले कोशी प्रदेशको अधिवेशन, अध्यक्षमा चार जनाको प्रतिस्पर्धा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश अध्यक्षमा चार जनाको आकांक्षी देखिएको छ । कोशीमा विभिन्न पदका आकांक्षीहरू निर्वाचनसम्मै जानुपरे पनि पछाडि नहट्ने भनेर तयारीमा जुटेका छन् ।

एमाले कोशीको अधिवेशन असोज १२ र १३ गतेका लागि तय भएको छ । कोशी पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश हो । साथै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समेत गृह प्रदेश भएकाले ओली र भण्डारीको कित्तामा बाँडिने गरी आकांक्षीहरूबीच ध्रुवीकरण देखिन थालेको हो ।

एमालेले निर्वाचित प्रदेश अध्यक्षलाई एमालेले पोलिटब्यूरो सदस्य सरहको हैसियत दिने व्यवस्था गरेको छ । यसकारण पनि प्रदेश अध्यक्ष बन्न नेताहरु तीब्र कसरत गरिरहेका छन् । प्रदेश अध्यक्षका लागि एमालेका केन्द्रीय सदस्यसमेत रहेका विनोद ढकाल, घनश्याम खतिवडा, कोशी प्रदेशका हालका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टिका चेम्जोङले दौडधूप गरिरहेका छन् । ‘कोशी प्रदेशमा सर्वसम्मतिको प्रयास हुन्छ । मलाई लाग्छ सहमतिबाटै नेतृत्व चयन हुन्छ । अन्तिममा सहमति हुन सकेन भने उच्च लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्ने विषय हाम्रो पार्टीमा अभ्यासकै रुपमा आएको छ । त्यही हुन्छ,’ एमाले नेता शेरधन राईले भने ।

अर्का एमाले नेता जीवन घिमिरेले प्रतिनिधि छनौटको अवस्था सकिएपछि अध्यक्षका आकांक्षीहरु थपघट हुनसक्ने बताए । पार्टी अध्यक्षको चर्चामा रहेका विनोद ढकाल मोरङमा दुईपटक अध्यक्ष चलाएका व्यक्ति हुन् । उनी बलिया प्रतिस्पर्धी मानिन्छन् । हक्की र सहयोगी स्वभावका उनी एमालेभित्रका परिचित व्यक्ति पनि हुन् ।

विराटनगर स्थायी घर भएका ढकाल पार्टीभित्रका मात्रै नभइ पार्टी बाहिरकालाई पनि सहयोग गर्ने स्वभावका छन् । प्रदेशको राजधानी विराटनगरमा रहेर एमालेलाई जोगाउन ढकालले खेलेको भूमिका प्रसंशनीय रहेको कतिपय बताउँछन् ।
यस्तै उत्तरी मोरङ लेटाङ निवासी घनश्याम खतिवडा पनि पाका र पुराना एमाले नेता हुन् । ढकालको तुलनामा उनी कमजोर छन् । एमालेमा लामो समय माधवकुमार नेपाल पक्षमा लागेका उनी पछिल्लो समय भने ओली क्याम्पमै थिए ।
हाल अध्यक्ष रहेका तुलसीप्रसाद न्यौपाने संखुवासभा निवासी हुन् । पहिलो प्रदेशसभाको कार्यकालमा संखुवासभाबाट निर्वाचित उनी पनि सुरुमा माधव नेपाल निकट थिए । तर, पार्टी विभाजनको समयमा माधव कुमार नेपालको साथ छोड्दै न्यौपाने पनि एमालेमै रहे । उनी केही समय प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत बनेका थिए ।

एमालेको कोशी प्रदेश उपाध्यक्ष रहेका टिकाराम चेम्जोङ पूर्वसांसद पनि हुन् । उनी लामोसमयदेखि ओली समूहमै रहँदै आएका नेता हुन् । अध्यक्षका आकांक्षीहरु प्रतिनिधि छनौट भइसकेका छन् ।
अधिवेशनको प्रतिनिधि छनौट १२ जिल्लामा सम्पन्न भएको छ । एमालेले कोशी प्रदेशका १४ जिल्ला, जनसंगठन र मनोनित गरेर १ हजार ४७ जना प्रतिनिधिहरु चयन हुनेछन् ।
नेकपा एमाले कोशी प्रदेशका सचिव तिलचन पाठकका अनुसार उदयपुरका केही पालिका र सुनसरीका अधिकांश पालिकामा प्रतिनिधि चयनको काम भइरहेको छ । ‘शनिबार बेलुकासम्ममा सबै जिल्लाबाट प्रतिनिधि छनौटको काम सकिन्छ,’ उनले भने ।
अधिवेशनका लागि ताप्लेजुङबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १८१, संखुवासभाबाट ३९, तेह्रथुमबाट ४३, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६, मोरङबाट १७८, सोलुखुम्बुबाट १६, ओखलढुंगाबाट ४२, खोटाङबाट ५६, उदयपुरबाट ३६ जना र जनसंगठनबाट ५६ र मनोनित ५० जना प्रतिनिधि छनौट हुने बताइएको छ ।
अधिवेशनमा भूगोलबाट ९६२ जना, युवाबाट ५३, मजदुरबाट ३२ जना प्रतिनिधि छनौट हुँदा ३३४ जना महिला हुनेछन् ।

सम्बन्धित समाचार

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

बैतडी, २५ जेठ-भारतबाट फर्किएकै दिन बैतडीमा एक जनाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको गएराति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र...

नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप

काठमाडौं, चैत १६ । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको...

अब मलामीले बाहेक अरूले पास नपाउने

काठमाडौं, ३ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामको लागि लागू भएको लकडाउनको अवधीमा पास लिएर गुड्ने सवारी साधनले पासको दुरुपयोग पनि गरेको पाइएको छ । लकडाउन अवधिमा पास लिएरसमेत धेरै संख्यामा सवारी साधन गुड्ने...

एमाले संसदीय दलको विधान संशोधनसहित पारित

नेकपा (एमाले) को संसदीय दलको बैठक सकिएको छ । बैठकले विधानलाई संशोधनसहित पारित गरिएको सचेतक विशाल भट्टराईले बताए । आइतबार बसेको संसदीय दलको बैठकमा कार्यदलले विधान प्रस्तुत गरेको थियो । बैठकमा विधान संशोधनका लागि गठित विशाल...

ब्राउन सुगरसहित विराटनगरबाट दुई जना पक्राउ

विराटनगर । ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ब्राउन सुगरसहित आज शनिबार विराटनगर १५ स्थित १ नम्बर ढाटबाट दुई जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरि ईटहरि नगरपालिका २...

लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन पार्टी सक्षम छः कोइराला

मोरङ, पस १९–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको जनाएका छन्। नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिवार आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै...

विराटनगरमा ४२ सहित प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण

विराटनगर, ८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

बोर्डर आउट पोष्ट चुनीमारीद्धारा बरामद पटाका नष्ट

विराटनगर, २९ कात्तिक–मोरङको रतुवामाई नगरपालिका–१ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) बरडंगा चुनीमारीले भारतबाट अवैध रुपमा भित्र्याइएका पटाकाजन्य पदार्थ नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट बिओपी चुनीमारीबाट खटिएको शसस्त्र प्रहरीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्