संवैधानिक परिषद् अध्यादेश सम्बन्धी रिटको सुनुवाइमा प्रधानन्यायाधीश राणा नबस्ने

 न्यूज विराट
संवैधानिक परिषद् अध्यादेश सम्बन्धी रिटको सुनुवाइमा प्रधानन्यायाधीश राणा नबस्ने

काठमाडौं, ११ भदौ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नबस्ने भएका छन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले  संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश ल्याएर गरेको नियुक्तिहरू बदर माग गर्दै दायर भएको रिटको सुनुवाइमा राणाा नबस्ने भएका हुन् ।

सो अध्यादेश अनुसार संवैधानिक निकायहरूमा भएको नियुक्तिको निर्णय क्रममा प्रधानन्यायाधीश राणा समेत सहभागी भएकाले इजलाशमा बस्न नमिल्ने जिकिर रिट निवेदकको थियो ।

अधिवक्ता ओमप्रकाश अर्याललगायतले दायर गरेको रिटमा सुनुवाइका क्रममा शुक्रबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाको सहभागीताबारे प्रश्न उठेको थियो ।

सुनुवाइको क्रममा प्रधानन्यायाधीश राणाले संवैधानिक दायित्वका कारण आफू संवैधानिक परिषद्को बैठकमा सहभागी भएको बताएका थिए ।

सम्बन्धित समाचार

अस्पतालबाट डिस्चार्ज भए प्रधानन्यायाधीश राणा

काठमाडौं, १७ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु भर्ना भएका राणा आज बिहान डिस्चार्ज भएका हुन् । राणा चार दिनअघि १२ मंसिरमा अस्पताल भर्ना भएका...

आईसीपी विवादित, ट्रान्स नेपालका सञ्चालक राठीद्वारा अनधिकृत रकम असुल गरेको खुलासा

विराटनगर, फागुन २६–भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माणसम्पन्न भएको करिब एक सय ६० करोड लगानीको आईसीपीमा विराटनगर भन्सारमा रहेको ट्रान्स नेपालले कब्जा गरेपछि अहिले हल्लिखल्ली हुन थालेको छ । गत महिना मात्र नेपाल र भारतका प्रधानमन्त्रीले...

कर्णाली प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य...

झापाका २८ संक्रमितले जिते काेराेना

धरान, जेठ २७-झापाका काेराेना संक्रमितमध्ये २८ जना निकाे भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार १८ देखि ५६ वर्षका उमेर समूहका २८ जना निकाे भएर घर फर्किएका हुन् ।...

माटाका सामग्री वनाउने तालिम सुरु

  पथरीशनिश्चरे, १ असार । उत्तरपूर्वी मोरङमा सृजनाका क्षेत्रमा सक्रिय एभरेष्ट आर्ट फ्यूजनले आइतवारबाट माटाका सजावट तथा उपभोग्य सामग्री वनाउने १ महिने तालिम सुरु गरेको छ । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा पथरी सेरामिक उद्योगको समेत सहकार्यमा...

थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७० डिस्चार्ज

पछिल्लो २४ घण्टामा २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३...

हिसान स्पोर्ट्स मिट : दौडमा अर्किड र मेरिल्याण्डलाई सफलता

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत भएको दौड प्रतियोगितामा अर्किड कलेज र मेरिल्याण्ड कलेजले जितेको छ ।मंगलबार भएको दौडमा अर्किड कलेजले १ सय मिटर छात्र, १ मिटर छात्रा र २ सय मिटर...

जुम्लामा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु

सुर्खेत, २३ जेठ-जुम्लामा बिहीबार राती क्वारेन्टाइनमा बसेका १ वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ धुपी ढुस्का माध्यमिक विद्यालय तलिउमको क्वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्