आईसीपी विवादित, ट्रान्स नेपालका सञ्चालक राठीद्वारा अनधिकृत रकम असुल गरेको खुलासा

 न्यूज विराट
आईसीपी विवादित, ट्रान्स नेपालका सञ्चालक राठीद्वारा अनधिकृत रकम असुल गरेको खुलासा

विराटनगर, फागुन २६–भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माणसम्पन्न भएको करिब एक सय ६० करोड लगानीको आईसीपीमा विराटनगर भन्सारमा रहेको ट्रान्स नेपालले कब्जा गरेपछि अहिले हल्लिखल्ली हुन थालेको छ ।

गत महिना मात्र नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा भिडियो कन्फ्रन्सिङका माध्यमबाट उद्घाटन गरेको विराटनगर भन्सारको आईसीपी सञ्चालनमा आएसँगै विवादित बन्न पुगेको थियो । सरकारले भन्सार विभागमार्फत आईसीपीको ठेक्का आह्वान नगररिकन कुनै निजी कम्पनीले आईसीपीको गोदाममा सामान राखेबापत भाडा असुली गर्न थालेपछि ट्रान्स नेपालका सञ्चालक मुकेश राठीले आईसीपी कब्जाको रणनीति लिइएको रहस्य खुल्न पुगेको हो ।

विराटनगरका उद्योगी मुकेश राठीको ट्रान्स नेपाल नामक निजी कम्पनीले आईसीपी कब्जा गरेको हो । ट्रान्स नेपालले आईसीपीको गोदाममा सामान राखेबापत उद्योगी,व्यापारी तथा भन्सार एजेन्टहरूसँग दैनिक १० देखि १५ लाखसम्म असुली गर्ने गरेको रहस्य त्यहाँ कार्यरत भन्सार एजेन्टहरूले खोल्न थालेपछि आईसीपी कब्जाको रणनीति सञ्चालक राठीले लिएको दाबी समाचारस्रोतले गरेको हो ।

यसरी असुल गरिएको रकम मासिकरूपमा तीन अर्बको हाराहारीमा हुने गरेको कुरा बताइन्छ । उक्त रकम विराटनगर भन्सारमा रहेको ट्रान्स नेपालको खातामा सोझै जम्मा हुने गरेको रहस्य पनि खुल्न पुगेको छ । उक्त रकम कमिशनबापत सञ्चालक मुकेश राठीले प्रमुख भन्सार अधिकृतदेखि भन्सार अधिकृत सम्मलाई कमिशनबापत दिने गरेको रहस्य पनि समाचारस्रोतले खोलेको छ ।

पछिल्लो समय विराटनगर भन्सारको आईसीपीमा उद्योगी राठीबाट हुने अनधीकृत रकम कब्जाको विषयमा प्रश्नसमेत उठ्न थालेपछि केही अगाडि मात्र विराटनगर भन्सारका कर्मचारीदेखि भन्सार एजेन्टसम्मलाई ट्रान्स नेपालका सञ्चालक राठीले विराटनगर बसपार्कसँगै सञ्चालनमा रहेको बिग होटलमा भव्य ककटेल पार्टी दिएर घटनालाई सामसुम बनाउने प्रयास गरेको दाबी समाचारस्रोतले गरेको छ ।

यति मोटो रकम ट्रान्स नेपालका नाममा सञ्चालक राठीबाट चलखेल हुँदासमेत भन्सार विभागदेखि अर्थ मन्त्रालयसम्म सरकारी राजस्व असुली गर्नेतर्फ सक्रिय नदेखिएपछि राठीले मन्त्रालयदेखि नै सेटिङमा विराटनगरको आईसीपी कब्जा गरेको दाबी समाचारस्रोतले गरेको छ ।

उद्योगी मुकेश राठीको ट्रान्स नेपाल नामक कम्पनीले विराटनगर भन्सार कार्यालयको पुरानो भन्सार गोदामको मात्र ठेक्का पाएको थियो । अहिले उसको ठेक्काको अवधि पनि सकिन लागेको कुरा थाहा भएको छ । उक्त ठेक्का ट्रान्स नेपालले अर्थ मन्त्रालयमार्फत पुरानो गोदामको लागि मात्र पाएको कुरा बताइएको छ । भर्खरै सञ्चालनमा आएको आईसीपीमा भन्सार क्लियरिङ गर्ने भन्सार एजेन्टसमेतलाई दैनिक काम गर्ने व्यवस्थासमेत सरकारले मिलाउन नसकेको अवस्थामा पुरानो भन्सारबाटै भन्सार क्लियरिङको काम भइरहे पनि आईसीपी प्रयोग गरेबापत प्रत्येक भन्सार एजेन्टसँग पैसा असुल गर्न थालेपछि राठीको द्रव्यमोह खुल्न पुगेको छ ।

भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण भएको आईसीपीको ठेक्का नै नलिइकन सरकारी सम्पतिलाई जबरजस्ती कब्जा गरेर भाडा असुली गर्न नपाइने तर्क स्थानीय उद्योगी तथा व्यवसायीको छ । अहिले पछिल्लो समय मात्र ट्रान्स नेपालले आईसीपीमा भन्सार क्लियरिङ गर्न जाने प्रत्येक भन्सार एजेन्टहरूसँग प्रतिकोठाबापत एक भन्सार एजेन्ट बराबर आठ हजारका दरले मासिक भाडासमेत असुली गर्न थालेपछि उद्योगी राठीको आईसीपी कब्जा प्रकरण खुल्न पुगेको छ । सुलसुले डटकमबाट

सम्बन्धित समाचार

कमल थापाको भने- ओली र देउवाका दाबी कीर्ते हुन्, खारेज गरेर चुनाव घोषणा होस्

राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री पदका लागि शेरबहादुर देउवा र केपी शर्मा ओलीले गरेको दाबी कीर्ते भएको बताएका छन् । शुक्रबार ट्वीट गर्दै अध्यक्ष थापाले दुवै दावी कीर्ते भएकाले त्यससलाई खारेज गरेर संविधान बमोजिम चुनाव घोषणा...

संवैधानिक परिषद्ले गरेन कुनै निर्णय

अध्यादेश जारीपछि मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक नियुक्तिबारे छलफल गरे पनि कुनै निर्णय भने गरेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको थियो । आजको बैठकमा संवैधानिक नियुक्तिबारे...

एम्बुलेन्स दुर्घटना हुँदा ५ जना कोरोना संक्रमित घाइते

अर्घाखाँची, २८ जेठ-कोरोना संक्रमितलाई आइसोलेसनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएराती दुर्घटना हुँदा ५ सङ्क्रमित घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेसनमा आउँदै गर्दा खाँचीकोट...

इन्टरनेटमा ५० प्रतिशतभन्दा धेरै कर उठाएको सेवा प्रदायकको गुनासो

सरकारले इन्टरनेटलाई अत्यावश्‍यक क्षेत्रमा राखेर पनि ५० प्रतिशतभन्दा धेरै कर लगाएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरण मुद्दा र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले नेपालमा...

बैंकको ब्याजदर बृद्धिविरुद्ध पूर्वका उद्योगी, व्यवसायी आन्दोलनमा उत्रिने

विराटनगर । बैंकको ब्याजदर चर्को रुपमा बृद्धि भएपछि उद्योगधन्दा सञ्चालनमा समस्या भएको भन्दै प्रदेश १ का उद्योगी व्यवसायीले आन्दोलनको तयारी थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ समितिले बिहीबार विराटनगरमा आयोजना गरेको...

मोरङको कानेपोखरीमा डुबेर एक बालिकाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । शनिबार बेलुका कानेपोखरी गाउँपालिका – ६ की उषा मगरको घरमा बस्दै आएकी ८ वर्षीय बालिका तुलसा रानामगरको ज्यामिरे भलुवा खोलामा डुबेर मृत्यु भएको...

रतुवामाईमा खानेपानी बायोस्यान्ड फिल्टरमा घोटला, हिसाव सार्वजानिक गर्न माओवादीको माग

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले वितरण गर्नका लागि खरिद गरेको खानेपानी बायोस्यान्ड फिल्टरमा नीतिगत भ्रष्टचार भएको भन्दै छानविन गर्न माग गरेको छ ।नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) रतुवामाइ नगर समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै...

चीनको चाङ्ग–अ फाइभ अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण

एजेन्सी, १७ मंसिर-अन्तरिक्ष अभियानमा सफलता हात पार्दै गएको चीनले अर्को यानलाई सफलतापूर्वक अवतरण गराएको छ । चीनको रोबोटिक चाङ्ग–अ फाइभ अभियान अन्तर्गत गएराति सो यान चन्द्रमाको सतहमा अवतरण गराउन सफल भएको हो । चीनको यो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्