थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७० डिस्चार्ज

 न्यूज विराट
थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७० डिस्चार्ज

पछिल्लो २४ घण्टामा २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ७० जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

उक्त अवधिमा ९ हजार १ सय २३ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ७ हजार ८ सय ४५ जनाको पीसीआर र १ हजार २ सय ७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

मन्त्रालयले हाल मुलुकभर ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।

आज ४० हजार १४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

गोल्डेन हस्पिटलमा संचालकबीचको बिवाद, बाहिरिए लुईटेल

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको गोल्डेन हस्पिटलको संचालक गोविन्द लुईटेललाई हस्पिटलले अन्नायपूर्ण तरिकाले हटाएको छ । हस्पिटलको संचालक समेत रहेका प्रशासकीय अधिकृत लुईटेललाई हस्पिटलका मुख्य लगानीकर्ता डाक्टर श्याम रौनियाले अन्नायपूर्ण तरिकाले हटाएको उनले बताएका...

भारतमा हिजाब विवादबारे फेरि बाेल्याे पाकिस्तान

काठमाडौं, ७ फागुन । पाकिस्तानकाे विदेश मन्त्रालयले एकपटक फेरि भारतमा चर्केकाे हिजाब विवादबारे आफ्नाे प्रतिक्रिया दिएकाे छ । विदेश मन्त्रालयका प्रवक्ता इफ्तिखार अहमदले भारतकाे कर्नाटक राज्यमा हिजाब प्रतिबन्ध लगाइएकाेबारे पाकिस्तान चिन्तित रहेकाे बताएका हुन् । उनले भनेका छन्, 'भारतमा मुस्लिम छात्रालाई हिजाब पहिरिन...

लकडाउन लम्बिए उद्योगी व्यवसायीले श्रमिकको भुक्तानी स्थगित गर्ने

निजी क्षेत्रका छाता सङ्गठनहरूले आफ्ना श्रमिकहरूलाई लकडाउन अवधिमा हालमसम्मकाे ५० प्रतिशत बराबरको मात्र पारिश्रमिक उपलब्ध गराउने जनाएका छन् । साथै, थप लकडाउन भएमा भने दिन नसक्ने सङ्केत सरकारसँग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी...

विराटनगरमा २४ सहित प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण

विराटनगर, १२ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरु : नरपथगञ्जसँग आर्मी स्तब्ध

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जलले विजय सुरूवात गरेको छ । विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो । पूर्वाञ्चल क्रिकेट...

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २ सय २१ पुग्याे

काठमाडाैं, १४ भदौ-कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टाभित्र ४ महिला र १० पुरुष गरी १४ जनाको कोरोना संक्रमणबाट मृत्यु...

शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने माधव पक्षको निर्णय

काठमाडौं, १७ असार । नेकपा एमालेको माधव नेपाल समूह शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ । एमाले केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा सहभागी हुन पार्टीले माधव नेपाल समूहका नेताहरुलाई २०७५ जेठ २ कै...

नाफाघाटा नहेरी एमसीसी पास गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको सन्दर्भमा कांग्रेसले ‘नाफाघाटा’ नहेर्ने बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै देउवाले जिम्मेवार राजनीतिक दल भएकोले कांग्रेसले क्षणिक लाभ वा हानिका आधारमा धारणा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्