झापाका २८ संक्रमितले जिते काेराेना

 न्यूज विराट
झापाका २८ संक्रमितले जिते काेराेना

धरान, जेठ २७-झापाका काेराेना संक्रमितमध्ये २८ जना निकाे भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार १८ देखि ५६ वर्षका उमेर समूहका २८ जना निकाे भएर घर फर्किएका हुन् ।

स्वास्थ्य प्रोटोकलअनुसार दुई पटकसम्म पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएकाले घर पठाइएकाे प्रतिष्ठानका प्रवक्ता प्रा. डा. दिनेश सापकोटाले जानकारी दिए ।

२ साताअघि उनीहरू भारतबाट फर्किएका थिए । अब प्रतिष्ठानको आइसोलेसनमा ५५ जना उपचाररत रहेका डा. सापकाेटाले बताए । प्रतिष्ठानको आइसोलेसनबाट अहिलेसम्म ९९ जना निकाे भएर फर्किइसकेका छन् ।

सम्बन्धित समाचार

बाँकेका पहिलो कोरोना संक्रमितको दोस्रो परीक्षण पनि पोजिटिभ

बाँके, ३० वैशाख-बाँकेको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजिटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजिटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा....

प्रदेश १ मा आज १२३ जना नयाँ संक्रमित थपिए

विराटनगर, ३ भदौ-प्रदेश १ मा बुधबार १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २...

‘देशव्यापी ‘लकडाउन’बारे सरकारले तत्काल सोचेको छैन’

काठमाडौं, २२ साउन-संक्रमणको जोखिम बढेको ठाउँमा मात्रै लकडाउन गर्ने सरकारले स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अब देशव्यापी लकडाउन नलगाइ जोखिम बढी भएको ठाउँमा स्थानीय तह र स्थानीय...

एनएमएसआरए क्रिकेट कपको उपाधि आयोजकलाई

विराटनगर । एनएमएसआरए कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ विराटनगर (एनएमएसआरए) ले जितेको छ । विराटनगरको डिग्री क्याम्सको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङलाई ४ विकेटले...

बधाइ दिन आउनेको भिडले काम प्रभावित भयो : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बधाई तथा शुभकामना दिने आउनेहरुको भिडको कारणले कामकाजमा प्रभावित भएको बताएका छन् । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले...

सकियो हिसान स्पोर्टस मिट, विराटनगरका चार कलेजलाई उपाधि

विराटनगर । ११ औं संस्करणको हिसान स्पोर्टस् मिट अन्तर्गत विभिन्न खेलहरूमा चार वटा कलेजले उपाधि जितेका छन् । सोमबार राती सम्पन्न भएको फाइनलमा फुटबलमा विराटनगरमा रहेको कोशी क्याम्पस, भलिबल छात्रामा अर्किड, सोही विधाको छात्रमा मोर्डन...

अपहरणमा परेका भारतीय नागरिकको उद्धार

अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा...

कोरोना नियन्त्रणमा केन्द्रित हुन दिगो विकास समितिको सरकारलाई निर्देशन

काठमाडौं, १२ वैशाख-राष्ट्रियसभाको दिगो विकास समितिले कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेका बेला महामारी नियन्त्रणका लागि अन्यन्त्र ध्यान नदिन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्