कर्णाली प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ

 न्यूज विराट
कर्णाली प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ ।

प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिए ।

प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरुप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा थापाले बताए ।

‘प्रतिष्ठानको बहुप्रतिक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बिएनस, बिएमएस, बिपिएच र बिफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रमसहितका समाचार केही सञ्चारमाध्यममा आएको देखियो’, उनले भने, ‘प्रतिष्ठानको पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । जसअनुसार भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’

यसका लागि चिकित्सा शिक्षा आयोगको यही कात्तिक २५ गतेको सूचनाअनुसार आउँदो मङ्सिर १९ गतेदेखि कक्षा सञ्चालन गर्न प्रतिष्ठान पूर्णरुपमा तयार रहेको बताउँदै उनले प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रममा कुनै पनि रोकावट नभएको र नहुने जानकारी दिए ।

तीन दिन अघि उपकुलपति डा मङ्गल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि कर्णालीमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन तथा पढाइ अन्यौलमा भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएका थिए ।

सरकारले त्यसको एक दिनपछि अर्थात् बिहीवार प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापालाई निमित्त उपकुलपति र प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई निमित्त रजिष्ट्रारको जिम्मा दिएको थियो ।

नयाँ जिम्मेवारी पाएका निमित्त उपकुलपति डा थापा र निमित्त रजिष्ट्रार शाही, नर्सिङ डीन सरस्वती गौतम, जनस्वास्थ्य डीन मुनिराज क्षेत्रीसहितका पदाधिकारीले शुक्रबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी प्रतिष्ठानका कुनै पनि काम नरोकिएका र नरोकिने भन्दै प्रष्टीकरण दिएका थिए ।

निमित्त उपकुलपति डा थापाका अनुसार एमबीबीएस २० सीटमध्ये १५ जना भर्ना भइसकेको र पाँच सिट प्रक्रियामा छन् । एमबीबीएस २० सीटसहित अन्य ९० वटा सिटमा ६० सीट भर्ना भइसकेका छन् ।

सम्बन्धित समाचार

नेकपा सचिवालय बैठकमा झलनाथको फरक मत

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै रूपमा पेस गरेको प्रतिवेदन फिर्ता गर्न नहुने धारणा बैठकमा व्यक्त गरेका छन् । बैठक सकिएलगत्तै नेता खनालले दुवै प्रतिवेदन पार्टीको सम्पत्ति...

रेडक्रसको तदर्थ समितिद्वारा पदवहाली

काठमाडौं, १८ साउन-नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । यही १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले रेडक्रसको तत्कालीन कार्यसमिति विघटन गरी डा. नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय...

प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा,  १ मंसिर-संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ। प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच चैनपुर नगरपालिकाको मैदानेमा गोली हानहान भएको हो ।  सोमबार दिउँसो करिब ११ बजेतिर  प्रहरीको गस्ती टोलीमाथि...

खुलासाः वीरगञ्जबाट कम मूल्यको प्रज्ञापनपत्र बनाएर धमाधम भित्र्याइँदैछ सामान

देशकाे सबैभन्दा ठूलो भन्सार नाका, वीरगञ्जबाट यथार्थ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको मिलेमताेमा सामग्रीको यकिन मूल्यभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र जारी गरी...

धनगढीकी कोरोना संक्रमितको छैठौँ रिपोर्ट पनि पोजिटिभ

डडेल्धुरा, १९ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि पोजिटिभ देखिएको छ । २८ दिनदेखि उपचार गराइरहेकी धनगढी उपमहानगरपालिका–५ की ३४ बर्षीया महिलाको छैठौँ पटकको थ्रोट स्वाब परीक्षणमा पनि...

विराटनगरमा २९ सहित प्रदेश १ मा २७४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

विराटनगर, २५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण भएको छ । ५९३ जनाको पीसीआर परीक्षण गर्दा १२८ र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

एनबीएससी मिल्स क्रिकेट प्रतियोगिताको फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो । वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल...

आज १ हजार १७२ जनामा कोरोना, १८ सय ९३ जना डिस्चार्ज

काठमाडौं,  ७ असोज-गत २४ घण्टामा नेपालमा एक हजार एक सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ४९ को पीसीआर गर्दा आज एक हजार एक सय ७२ जनामा कोरोना पुष्टि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्