अस्पतालबाट डिस्चार्ज भए प्रधानन्यायाधीश राणा - News Birat

अस्पतालबाट डिस्चार्ज भए प्रधानन्यायाधीश राणा

न्यूज विराट

काठमाडौं, १७ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु भर्ना भएका राणा आज बिहान डिस्चार्ज भएका हुन् ।

राणा चार दिनअघि १२ मंसिरमा अस्पताल भर्ना भएका थिए । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि घरमै आराम गर्न भनिएकाे हाे ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles