गाउँपालिका उपाध्यक्षको ससुराको मृत्यु हुँदा सार्वजनिक बिदा

 न्यूज विराट
गाउँपालिका उपाध्यक्षको ससुराको मृत्यु हुँदा सार्वजनिक बिदा

काठमाडौं, साउन २२ । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा शुक्रबार शोक बिदा दिएको छ  गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको बिहीबार राति ११ः४० बजे निधन भएको थियो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अकिकृत विष्णुप्रसाद पोखरेलले शुक्रबार सूचना जारी गरी शोक बिदाको जानकारी गराउनुभएको हो ।

गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका कार्यालयहरु (स्वास्थ्य संस्थाबाहेक) सबै बन्द हुने सूचनामा जनाइएको छ । गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले उपाध्यक्षकै ससुरा भएका कारण स्थानीय तह ऐन सञ्चालनले दिएको अधिकार प्रयोग गरी शोक बिदा दिएको दाबी गर्नुभएको छ ।

‘उपाध्यक्षकै ससुराको निधन भएको छ । गाउँपालिका नजिकै उहाँको घर छ । जनप्रतिनिधिहरु पनि मलामी जानु नै पर्यो । त्यसैले स्थानीय तह सञ्चालन ऐनको विशेष अधिकार प्रयोग गरेर एक दिन शोक बिदा दिएका हौं ।’

सम्बन्धित समाचार

पार्कोटे र लिमे जातका भैँसीपालन प्राथमिकतामा

कास्की, १० असार-प्रदेश सरकारले गण्डकी प्रदेशमा पाइने रैथाने पार्कोटे र लिमे जातका भैँसीपालनलाई प्राथमिकतामा राखेको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्थानीय प्रजातिका पशुवस्तु एवं कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखिएको हो । सरकारले स्थानीय...

मन्त्रीको निर्देशनपछि झापाका २७ कोरोना संक्रमित बीपीमा भर्ना

विराटनगर, १७ जेठ-प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्देशनपछि सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितलाई भर्ना गरेको छ । झापाको कचनकवलका २७ जना कोरोना संक्रमितलाई अस्पतालले भर्ना नलिएपछि मन्त्री घिमिरे...

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख १३ हजारको मृत्यु

काठमाडौं, जेठ ४–विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण ३ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजेसम्म ३ लाख १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको...

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना सङ्क्रमित, ६ जनाको मृत्यु

काठमाडौं,  ३० कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ७६ जनाको...

फुलकुमार लालवानीलाई महामूर्खको उपाधि

विराटनगर । विराटनगरका फुलकुमार लालवानीले महामूर्खको उपाधि पाएका छन् ।काँग्रेसका नेता लालवानीलाई मारवाडी यूवा मञ्च विराटनगरले सम्मान स्वरुप महामूर्खको उपाधि प्रदान गरेको हो । मारवाडी यूवा मञ्चले होलीको अवसर पारेर प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान...

ब्राजिलका नागरिक बोकेर दिल्ली उड्दै नेपाल एयरलाइन्स

काठमाडौं, २ वैशाख-पाल वायु सेवा निगमले मंगलबार भारतको नयाँ दिल्ली उडान भर्दैछ ।विमानले नेपालमा रहेका ब्राजिलियन नागरिक लिएर जान अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । ब्राजिलियन राजदूतावासले निगमको जहाज चार्टर गरेको हो...

तीन स्थानमा सवारी पट्के बाटो इजाजात राजश्व संकलन केन्द्र उद्घाटन

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सवारी पटके बाटो इजाजत राजश्व संकलन केन्द्रको आज उद्घाटन गर्नु भयो । मन्त्री अधिकारीले यातायात व्यवस्था सेवा कार्यालय विराटनगर–४ स्थित कार्यालयमा मोरङको रानी, सुनसरीको भाण्टावारी र झापाको...

विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा पुनः देवकीनन्दन शर्मा

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा देवकीनन्दन शर्मा पुनः निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न विराटनगर भन्सार एजेन्ट संघको ११औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट शर्माले ३८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्