पार्कोटे र लिमे जातका भैँसीपालन प्राथमिकतामा

 न्यूज विराट
पार्कोटे र लिमे जातका भैँसीपालन प्राथमिकतामा

कास्की, १० असार-प्रदेश सरकारले गण्डकी प्रदेशमा पाइने रैथाने पार्कोटे र लिमे जातका भैँसीपालनलाई प्राथमिकतामा राखेको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्थानीय प्रजातिका पशुवस्तु एवं कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखिएको हो ।

सरकारले स्थानीय प्रजातिका खरी जातको बाख्रा, च्याङग्रा, भेडा, चौँरी, कुखुरा, कालोसुँगुर, जेठोबुढो धान आदि प्रवद्र्धन गर्ने कार्यक्रमलाई जोड दिएको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए ।

पशुपक्षीका लागि आवश्यक पर्ने दानाको आपूर्तिलाई सहज र सर्वसुलभ बनाउन निजी क्षेत्रको साझेदारीमा दाना र साइलेज उद्योग स्थापना गर्न रु एक करोड १२ लाख विनियोजन गरिएको मन्त्री गुरुङले बताए ।

सरकारले भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको प्रयोगशालाको स्तरोन्नति गर्न तथा पशु रोग नियन्त्रणका लागि खोप बैंक स्थापना गरी पशु खोप कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरेको छ ।

तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा स्थापित द्रुत विषादी अवशेष परीक्षण केन्द्रलाई थप स्रोत साधन सम्पन्न बनाई पशुपक्षी रोग नियमन गर्ने प्रयोगशालाका रूपमा समेत सञ्चालन गर्न २ करोड ९९ लाख रुपैयाँ विनियोजन गरेको मन्त्री गुरुङले बताए । रासस

सम्बन्धित समाचार

कांग्रेसले सदन अवरुद्ध गरेपछि मन्त्रीले स्वीकारे गल्ती

हेटौंडा, १५ असार-प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीले गल्ती गरेको भन्दै बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयक प्रस्तुत गरेको ४...

झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित

झापा, ४ मङ्सिर-नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित हुनुभएको छ । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन...

लकडाउनको मोडेल फेर्न सरकारले थाल्यो गृहकार्य

काठमाडौं, २० जेठ-सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडेल परिर्वतन गर्ने सन्र्दभमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेसा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो...

कांग्रेस महाधिवेनः इटहरीको नगर सभापतिमा हेकमर्ण पौडेल विजयी

विराटनगर, १० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्र्तगत सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनबाट हेमकर्ण पौडेल सभापतिमा विजयी हुनुभएको छ । निर्वाचनमा दुई प्यानल भएर चुनावी प्रतिस्पर्धा गरेका विकास केसीलाई ४२ मतको अन्तरले पौडेलले पराजित गर्दै...

आयातको विवरणमै कैफियत, अग्रवालद्वारा भन्सार छलेर २५ करोड कुम्ल्याउने प्रयास

संकटका बेला कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाएर आफ्नो व्यक्तिगत सामान ल्याउन सफल भएका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ५ करोड लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याएका...

विराटनगरको लर्डबुद्ध र विराट क्षितिज कलेज मर्ज

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रमा अब्बल सावित भएको विराटनगरको दुई कलेज मर्ज भएको छ ।विराटनगरस्थित लर्डबुद्ध कलेज र विराट क्षितिज कलेज मंगलबार बाट मर्ज भएको कलेजले जनाएको छ । शैक्षिक क्षेत्रमा इतिहास...

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण- मंसिरसम्म १ लाख ९३ हजारभन्दा बढी कोरोना संक्रमित थपिन्छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा भदौदेखि क्रमश: कोरोना संक्रमित घट्दै गए पनि मंसिरसम्म १ लाख ९३...

वामदेवको प्रस्ताव : केपी ओली महाधिवेशनसम्म अध्यक्ष, ५ वर्षै प्रधानमन्त्री

काठमाडौं, १३ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभाको यो कार्यकालभरि केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमतिको प्रस्ताव पेस गरेका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्