मन्त्रीको निर्देशनपछि झापाका २७ कोरोना संक्रमित बीपीमा भर्ना

 न्यूज विराट
मन्त्रीको निर्देशनपछि झापाका २७ कोरोना संक्रमित बीपीमा भर्ना

विराटनगर, १७ जेठ-प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्देशनपछि सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितलाई भर्ना गरेको छ ।

झापाको कचनकवलका २७ जना कोरोना संक्रमितलाई अस्पतालले भर्ना नलिएपछि मन्त्री घिमिरे आज बिहान अस्पताल पुगेका थिए । अस्पताल पुगेर उनले संक्रमितलाई तत्काल भर्ना गर्न निर्देशन दिएका थिए । कचनकवलबाट राति धरान आइपुगेका २७ जना संक्रमित रातभर अस्पताल बाहिरै बसेका थिए ।

संक्रमितलाई भर्ना गरिएपछि प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशकलगायतसँग मन्त्री घिमिरेले भर्ना नगर्नुको कारण र कमजोरीको पहिचान गर्न निर्देशन दिएका छन् ।

आगामी दिनमा कमजोरी नदोहोरिने वातावरण मिलाउन उनले निर्देशन दिए । उनले भने ,‘ घटना पुन दोहोरिए कारवाही गरिने छ ।’ उपकुलपति डा. गिरीले बीपीको कोभिड उपचार केन्द्रमा १ सय ५० वेड तयारी अवस्थामा रहेको बताएकै कारण कचनकवलबाट २७ संक्रमित पठाइएको मन्त्री घिमिरेले जानकारी दिए ।

प्रदेश १ मा १ सय ५८ संक्रमितमध्ये ३० जना डिस्चार्ज भएका छन् । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा ३४ जना र धरानमा ९४ जना उपचाररत रहेका छन् ।

सम्बन्धित समाचार

अभिमुखीकरण तालिम प्रदायक संस्थालाई नवीकरण गर्न विभागले गर्‍याे सूचना 

काठमाडाैं, ३२ जेठ-वैदेशिक रोजगार विभागले नगद ५ लाख धरौटी राखेर नवीकरण प्रक्रिया सुरु गर्न अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई अनुरोध गरेको छ ।  सरकारले वैदेशिक रोजगार नियमावली संशाेधन गर्दै तालिम प्रदायक संस्थाको हकमा ५ लाख नगद...

लकडाउन वैशाख २५ सम्म थप गर्ने सरकारको निर्णय

सरकारले कोरोना नियन्त्रणका लागि लागू गरेको लकडाउनको अवधि २५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको...

जीवन विकास गोल्डकप सुरू, उद्घाटन खेलामा पशुपति युवा क्लबको विजयी सुरूवात

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरू भएछ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरू भएको हो । उद्घाटन खेलमा पशुपति युवा क्लब दादरबैरियाले हातिबन्धा...

थप ७१० जनामा कोरोना पुष्टि, ११७५ डिस्चार्ज

काठमाडौं, ४ पुस-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ७१० जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७८० नमुना पीसीबर विधिबाट परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो...

शहीदहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबै लागौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबै मिलेर अघि बढ्नु पर्ने बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले शहीदहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई लाग्नु...

सबै अन्तर्राष्ट्रिय उडान स्थगित

सरकारले ९ दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान सथगन गर्ने निर्णय लिएको छ । कोरोना भाइरसको संक्रमण विश्‍वभर फैलिएको अवस्थामा ९ चैतदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय लिएको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको...

माग सम्बोधन नभएको भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन

यातायात व्यवसायीले आफूहरूका व्यावसायिक समस्या सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल र नेपाल मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा आवद्ध व्यवसायीले आइतबार माइतीघर मण्डलामा प्रदर्शन...

प्रदेश १ बाट थप ८ जना डिस्चार्ज

विराटनगर, जेठ ७–प्रदेश १ बाट बुधबार थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्