पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना सङ्क्रमित, ६ जनाको मृत्यु - News Birat

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना सङ्क्रमित, ६ जनाको मृत्यु

न्यूज विराट
काठमाडौं,  ३० कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ७६ जनाको स्वाब परीक्षणा गरिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब दुई लाख दश हजार पुगेको छ। हाल ३५ हजार १ सय २५ जना सक्रिय सङ्क्रमित छन्।

हालसम्म नेपालमा १ हजार २ सय २१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। मन्त्रालयका अनुुसार २४ घण्टाको अवधिमा थप २ हजार ७ सय ९८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म १ लाख ७३ हजार ४ सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितहरू निको हुने दर ८१.९ प्रतिशत छ।

चाडबाडको समयमा परीक्षण दर घटेको छ । पछिल्लो २४ घन्टामा सङ्क्रमित भएकामध्ये ५ सय ६५ जना महिला र ९ सय १२ जना पुरुष रहेका छन् । संक्रमित हुनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । काठमाडौंमा ६ सय ३२ जनासहित उपत्यकामा ८ सय ७ जना छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles