तीन स्थानमा सवारी पट्के बाटो इजाजात राजश्व संकलन केन्द्र उद्घाटन

 न्यूज विराट
तीन स्थानमा सवारी पट्के बाटो इजाजात राजश्व संकलन केन्द्र उद्घाटन

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सवारी पटके बाटो इजाजत राजश्व संकलन केन्द्रको आज उद्घाटन गर्नु भयो । मन्त्री अधिकारीले यातायात व्यवस्था सेवा कार्यालय विराटनगर–४ स्थित कार्यालयमा मोरङको रानी, सुनसरीको भाण्टावारी र झापाको चारआलीको सवारी पटक वाटो इजाजत राजश्व संकलन केन्द्रको संयुक्तरुपमा उद्घाटन गर्नु भयो ।


सवारी राजश्व केन्द्र २४ घण्टा सञ्चालन हुनका साथै यहाँबाट भारतीय सवारी साधन सानो चारचक्केको रु पाँच सय र ठूला सवारी साधनको रु एक हजार पाँच सय तथा स्वदेशी चार चक्के सवारी साधनलाई प्रतिकिलोमिटर रु दुई इजाजत दस्तुर लिने व्यवस्था रहेको छ ।


केन्द्रले विराटनगरबाट वार्षिक रु ४० देखि ५० करोड राजश्व संकलन गर्ने अनुमान गरेको छ । सो अवसरमा मन्त्री अधिकारीले केन्द्रबाट भारतीय पर्यटकीय सवारी साधनले सहज र सरल रुपमा सेवा प्राप्त गरी सुचारु रुपमा गन्तव्यमा पुग्ने सक्ने बताउनु भयो ।

उहाँले इजाजतबाट स्वदेशी तथा विदेशी सवारी साधानलाई बोटोमा कुनै किसिमको वाधा, व्यवधान र झण्झट वेहोर्नु नपर्ने विश्वास समेत व्यक्त्त गर्नु भयो ।

मन्त्रालयका निमित्त सचिव विश्वदिप वेस्रा र यातायात सेवा कार्यालय विराटनरका प्रमुख पाक्रम खाँले केन्द्रको स्थापनाबाट सरोकारवालाहरुलाई प्रदेशभरी सहज रुपमा सवारी सञ्चालन हुने विचार राख्नु भयो ।

सम्बन्धित समाचार

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौं, १९ साउन-प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई  समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।  समितिको आजको बैठकमा ‘तेजाब आक्रमण, पीडितको अवस्था र...

मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा

मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ ।  भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन । मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार  उडान भएको नेपाल वायुसेवा...

उदयपुरको कटारीमा ‘लकडाउन’ घोषणा

विराटनगर, ३२ साउन–उदपुरको कटारी नगरपालिकाले अनिश्चीत कालका लागि लकडाउन घोषणा गरेको छ । माहामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले अनिश्चीतकालिन लकडाउन घोषणा गरेको हो । नगरपालिकाको कोरोना भाईरस रोकथाम,...

असुरक्षित गर्भपतनले महिलाको मृत्यु, मेडिकल संचालक पक्राउ

विराटनगर । असुरक्षित गर्भपतन गराउने क्रमम झापाको एक जना महिलाको मृत्यु भएको छ । औषधि पसलले गर्भपतन गराउनका लागि दिएको औषधि सेवन गर्दा दमक नगरपालिका–४ की ४० वर्षीया कल्पना राईको मृत्यु भएको हो । मोरङको...

हतियारसहित २ जना पक्राउ

जनकपुर, ४ जेठ-धनुषाबाट हतियारसहित २ युवक पक्राउ परेका छन् । उनीहरू जिल्लाको शहिदनगर नगरपालिका-३ झण्डा चौकबाट पक्राउ परको हुन् ।पक्राउ पर्नेमा कमला नगरपालिका ८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २०...

कोशी प्रदेश टी– १० क्रिकेट : फुलबारी क्रिकेट क्लबसँग एलिट पराजित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लबसँग एलिट क्रिकेट क्लब पराजित भएको छ ।विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको दोस्रो खेलमा एलिट क्रिकेट क्बललाई १० विकेटले...

नेपाली कांग्रेस महाधिवेशनः मोरङमा वडा अधिवेशन शान्तिपूर्ण

विराटनगर, ६ असोज । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि मोरङमा हिँजो वडा अधिवेशनमा आज शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको छ। जिल्लाका १७ वटा स्थानीय तहका १५९ वटै वडाको अधिवेशनको अधिकाँश स्थानमा सम्पन्न भएको नेकां...

सहमति र सहकार्यबाट संविधान कार्यान्वयन अघि बढाइनेछ : प्रधानमन्त्री देउवा

काठमाडौं, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति र सहकार्यबाट संविधानको कार्यान्वयनलाई अघि बढाउने बताएका छन् । संविधान तथा राष्ट्रिय दिवस २०७८ विशेष समारोहलाई टुँडिखेलमा सम्बोधन गर्दै देउवाले संविधानको सफल कार्यान्वयन गर्दै विकास समृद्धि कायम गर्नु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्