तराई-मधेसलाई मरुभूमिकरण गर्ने काम स्वीकार्य हुँदैन : कमल थापा

 न्यूज विराट
तराई-मधेसलाई मरुभूमिकरण गर्ने काम स्वीकार्य हुँदैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तराई–मधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन् ।

शुक्रबार ट्वीट गर्दै उनले वातावरणीय सन्तुलन विगार्ने तथा तराई–मधेस र भित्रीमधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका हुन् ।

थापाले खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासी गर्न दिने सरकारको नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैसा भएको बताएका छन् । उनले खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासीका विषयमा सरकारले आफ्नो धारणा स्पष्ट पार्नु पर्ने पनि बताएका छन्  ।

‘खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ’ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ । यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ। वातावरणीय सन्तुलन विगार्ने तथा तराई–मधेस र भित्रीमधेसलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्वीकार्य हुँदैन,’ उनले भनेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने छ भन्ने उल्लेख छ ।

सम्बन्धित समाचार

उद्योगी व्यवसायीका माग पूरा गर्न अर्थमन्त्री सकारात्मक

विराटनगर । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रका मागलाई चाँडो सम्बोधन गर्ने बताएका छन् । आन्दोलनरत उद्योगी व्यवसायीसँग बुधबार भएको भेटको क्रममा अर्थमन्त्री पौडेलले उनीहरूलाई यस्तो बताएका हुन् । बैंकको चर्को ब्याजको विरोधमा सडकमा उत्रिएका उद्योगी...

विराटनगर महानगरका मेयर कोइराला र विश्व बैंकको टोलीबीच भेट

विराटनगर । विश्व बैंकको टोलीले विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालासँग भेट गरेको छ । भेटका अवसरमा विराटनगरको विकास निर्माणको विषयमा विश्व बैंकको टोलीले चासो राखेको बताइएको छ । विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स...

२० बुँदे मागसहित मुक्ति समाज मोरङले प्रधानमन्त्री देउवालाई पठायो ज्ञापनपत्र

विराटनगर, ३ माघ । नेकपा (एमाले) को जनबर्गीय संगठन नेपाल उत्पीडित जायीय मुक्ति समाज मोरङले विभिन्न २० बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मुक्ति समाज मोरङले सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी...

पुनर्कर्जासम्बन्धी कार्यविधि परिमार्जन गर्दै राष्ट्र बैंक

काठमाडौं, १९ वैशाख-साना तथा घरेलु व्यवसायीलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पुनर्कर्जासम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी गरेको छ ।साना तथा घरेलु व्यवसायीलाई प्राथमिकता दिनेगरी पुनर्कर्जा कार्यविधि बनाइने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका हुन् ।पुनर्कर्जाको...

कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

विराटनगर, २१ वैशाख । कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ । नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो...

अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

काठमाडौं, २ कात्तिक-अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । आर्थिक रूपमा विपन्न, असहाय, अशक्त, अति अपाङ्ग, ज्येष्ठ नागरिक, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्ने, सरसफाइकर्मी र सुरक्षाकर्मीमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क...

बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित युवकको मृत्यु

विराटनगर, १६ वैशाख । सुनसरीको धारानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वषीय युवक रहेका छन् । ९ वैशाखमा कोरोना पोजिटिभ देखिएका उनको प्रतिष्ठानको कोभिड...

सुदुरपश्चिमलाई बजेटमै हेपेको दार्चुलाका सांसदको गुनासो

काठमाडौं, जेठ १५-लिम्पियाधुरा, कालपानी र लिपुलेक क्षेत्रलाई समेटेर नक्सा जारी गरेको केपी शर्मा ओली नेतृत्वको सरकारले बजेटमा भने कालापानी क्षेत्रलाई वेवास्ता गरेको छ। बजेटमा यो क्षेत्रका लागि विशेष प्याकेज आउने अपेक्षा गरिए पनि ओली सरकारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्