अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने - News Birat

अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

न्यूज विराट
काठमाडौं, २ कात्तिक-अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । आर्थिक रूपमा विपन्न, असहाय, अशक्त, अति अपाङ्ग, ज्येष्ठ नागरिक, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्ने, सरसफाइकर्मी र सुरक्षाकर्मीमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क गरिए पनि अन्यले भने परीक्षण र उपचार खर्च तिर्नु पर्नेछ । 

स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार आइतबारदेखि उपचार र परीक्षण शुल्क लिन पाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles