कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु - News Birat

कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

न्यूज विराट

विराटनगर, २१ वैशाख । कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ ।

नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो । महानगरपालिकाको वडा नम्बर ४ स्थित वडा कार्यालयमा बिद्युत हेल्पर पदमा कार्यरत सुभाष खड्काको उपचारका क्रममा विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा मंगलबार मृत्यु भएको छ ।

हाल विराटनगर–१३ मा बसोबास गर्दै आएका खड्का महानगरपालिकामा १५ बर्षदेखि कार्यरत रहेको महानगरपालिकाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles