विराटनगर महानगरका मेयर कोइराला र विश्व बैंकको टोलीबीच भेट - News Birat

विराटनगर महानगरका मेयर कोइराला र विश्व बैंकको टोलीबीच भेट

न्यूज विराट

विराटनगर । विश्व बैंकको टोलीले विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालासँग भेट गरेको छ । भेटका अवसरमा विराटनगरको विकास निर्माणको विषयमा विश्व बैंकको टोलीले चासो राखेको बताइएको छ ।

विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स नेतृत्वको टोलीले आज प्रमुख कोइरालालाई भेटेर विराटनगरको समग्र आर्थिक विकासका लागि पनि चासो देखाएको छ । बैंकले भारतसँग सीमाना जोडिएका नेपालका ठूला सहरहरुको विकासका लागि अध्ययन गरिरहेको ब्रुक्सले बताए ।

सो क्रममा उनले वित्तीय हस्तान्तरणको अवस्था, स्थानीय, प्रदेश र संघीय सरकारबीच हुने वित्तीय बाँडफाँड, स्थानीय तहले संकलन गर्ने राजस्वको अवस्थालगायतका विषय विश्वबैंकका प्रतिनिधिहरुले मेयर कोइरालासित जिज्ञासा राखेका थिए । विश्व बैंकले नेपाल सरकारसित मिलेर नेपालको समग्र विकासका परियोजना तयार पारिरहेको छ । सो परियोजना करिब १ सय ५० मिलियन डलर बराबरको हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles