बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित युवकको मृत्यु - News Birat

बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित युवकको मृत्यु

न्यूज विराट

विराटनगर, १६ वैशाख । सुनसरीको धारानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वषीय युवक रहेका छन् । ९ वैशाखमा कोरोना पोजिटिभ देखिएका उनको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा गएरती सवा १२ बजे मृत्यु भएको हो ।

मधुमेहका रोगी रहेका मृतक युवकलाई प्रतिष्ठानको कोभिड अस्पतालमा १२ वैशाखमा भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles