कोरोना संक्रमित पत्रकारको उपचारका लागि महासंघ मोरङले स्थापना गर्याे कोरोना समन्वय कोष

 न्यूज विराट
कोरोना संक्रमित पत्रकारको उपचारका लागि महासंघ मोरङले स्थापना गर्याे कोरोना समन्वय कोष

विराटनगर, ३० बैशाख । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सहयोग गर्न कोरोना समन्वय कोष स्थापना गरेको छ । बिहीबार बसेको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले कोभिड–१९ बाट संक्रमित पत्रकारहरुको उपचारमा सहयोग गर्न कोरोना समन्वय कोष स्थापना गर्ने निर्णय गरेको हो । कोषमा सोही बैठकबाट ५१ हजार रुपैयाँ संकलन गरिएको सचिव नेत्रपी अधिकारीले जानकारी दिए ।

महासंघ अध्यक्ष सञ्जिव खनालको अध्यक्षतामा बसेको बैठकले खनालकै संयोजकत्वमा कोषको संचालन तथा व्यवस्थापन गर्न सल्लाहकार शंकर खरेल, कोषाध्यक्ष नेत्र पि अधिकारी र कोषाध्यक्ष अभयकुमार राई रहेको समिति गठन गरेको छ ।

कोषमा प्रदेश सरकारबाट अनुदान प्राप्त हुने दुई लाख रुपैयाँसमेत समावेश गर्ने निर्णय गरिएको सचिव अधिकारीले जानकारी दिए । बैठकले कोषमा सहयोग रकम जुटाउन इच्छुक सवै सञ्चारकर्मी तथा शुभेच्छुकहरुलाई आह्वान समेत गरेको छ ।

महासंघका सदस्यहरुलाई कोरोना संक्रमित भएर गम्भिर अवस्थामा उपचार गराउनु पर्ने अवस्था भए कोष परिचालन गरिने जनाइएको छ । सहयोग रकम महासंघको नाममा कृषि विकास बैंक विराटनगर शाखाको खाता नम्बर ०६०१६००३१८९७९०१९ मा रकम जम्मा गर्नसकिने सचिव अधिकारीले बताए ।

बैठकले संक्रमित पत्रकारको उपचारमा सहजिकरण गर्नका लागि अध्यक्ष खनालकै नेतृत्वमा ६ सदस्यीय ‘¥यापिड रेस्पोन्स’ टीम समेत गठन गरेको छ । समितिमा महासंघका सल्लाहकार शंकर खरेल, उपाध्यक्ष मोहन भट्टराई, तारा आचार्य, सचिव नेत्र पी अधिकारी र कोषाध्यक्ष अभयकुमार राई रहेका छन् ।

सम्बन्धित समाचार

भारतमा अघिल्लाे दिनकाे तुलनामा संक्रमित घटे, ४३९ जनाकाे मृत्यु

एजेन्सी, १० माघ । भारतमा ३ लाख ६ हजार भन्दा धेरै काेराेना संक्रमित थपिएका छन् । २४ घण्टाकाे अवधिमा ३ लाख ६ हजार ६४ जना काेराेना संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले साेमबार जानकारी दिएकाे छ ।...

कांग्रेसले थप दुई बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गर्‍यो

खोटाङ । नेपाली कांग्रेस खोटाङले आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थप दुई उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा कांग्रेसकातर्फबाट उठाइएका आधिकारिक उम्मेदवारविरुद्ध बागी...

दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको गाउँमा पनि सचेतना अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि मोरङको ग्रामीण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक...

राउण्ड टेबल नेपाल बिसिआरटी १५ द्वारा ५० जना श्रमिकका परिवारलाई न्यानो कपडा वितरण

विराटनगर, ५ पुस । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आइरहेको राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले न्यानो कपडा वितरण गरेको छ । राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले एक कार्यक्रमकाबीच मोरङको कटहरीस्थित सप्तकोशी सिमेन्ट उद्योगमा...

विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गर्दै आन्दोलित उद्योगीले दिए राजश्व कार्यालयमा धर्ना

विराटनगर, १० असार । आन्दोलनरत विराटनगरका उद्योगी र मजदुरहरुले विराटनगरस्थित आन्तरिक राजश्व कार्यालयमा धर्ना दिएका छन् । आर्थिक वर्ष २०७९÷८० का लागि सरकारले ल्याएको बजेटका कारण स्वदेशी उद्योगहरु धारासायी हुने भन्दै आन्दोलनरत विराटनगरका उद्योगीहरु र...

औषधी व्यवसायीद्धार निःशुल्क स्वास्थ्य शिविर, एक सय बढीको स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १५ मिल्स एरियास्थित दुर्गा मन्दिरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा १ सय जना विरामीको निःशुल्क स्वास्थ्य...

विराटनगरमा मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउँदा प्रहरी र एमाले कार्यकर्तबिच झडप, अनेरास्ववियु उमहासचिव भाष्कर खनासहितका कार्यकर्ता घाइते

विराटनगर, २० माघ । विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाउने क्रममा नेकपा (एमाले) कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । झपमा अनेरास्ववियु उपमहासचिव भाष्कर खनालसहित आधादर्जन कार्यकर्ता घाइते भएका छन् ।...

छठमा राष्ट्रपति काठमाडौंका जलासयमा नजाने

काठमाडौं, ४ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक हुन नसक्ने बताएका छन् । राष्ट्रपति भण्डारी विगत वर्षका काठमाडौंका गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्