औषधी व्यवसायीद्धार निःशुल्क स्वास्थ्य शिविर, एक सय बढीको स्वास्थ्य परीक्षण

 न्यूज विराट
औषधी व्यवसायीद्धार निःशुल्क स्वास्थ्य शिविर, एक सय बढीको स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १५ मिल्स एरियास्थित दुर्गा मन्दिरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा १ सय जना विरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य जाँच गरिएको विरामीहरूलाई निःशुल्क औषधी पनि वितरण गरिएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई उपाध्यक्ष ढकालले धन्यावाद दिए ।शिविरमा विराटनगरस्थित बाल बालिका क्लीनिका वरिष्ठ बालरोग विशेषज्ञ डा. राजेश यादव, वरिष्ठ फिजिसियन डा. रोशन खड्का र दन्त रोग विशेषज्ञ डा. सुधिर श्रेष्ठले विरामीहरूको स्वास्थ्य जाँच गरेका थिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरको दक्षिण क्षेत्रमा पुगेर विरामीहरुको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उपाध्यक्ष ढकालले बताए । एनएमएचआर विराटनगरलगायत विभिन्न औषधी व्यवसायीहरुले शिविरमा औषधी सहयोग गरेका थिए ।
संघले यसअघि पनि सामाजिक संघसंस्थाहरूमा निःशुल्क स्वास्थ्य सामाग्री र सचेता मुलक कार्यक्रमहरू पनि गर्दै आएको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिए । शिविरमा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष तिम्सिना, उपाध्यक्ष ढकाल, सचिब हरीराज रेग्मीलगायतको सहभागि रहेको थियो ।

सम्बन्धित समाचार

कोशी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

विराटनगर, साउन ३०-प्रदेश १ मा उपचारका क्रमा मृत्यु भएका युवकमा कोरोना पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय युवकमा कोरोना पुष्टि भएको हो विराटनगर महानगरपालिका-१५ का ३० वर्षीय पुरुषको...

चुनावअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघीय र प्रदेशसभाको चुनावअगाडि कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् । समाजवादी प्रेस संगठनले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्...

एसईई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल

कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको...

मिल्स गोल्डकप शुक्रबारबाट, उद्घाटनमा एपीएफ र बर्दिवास भिड्ने

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरू हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।प्रतियोगिताको तयारी पूरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको...

महिलालाई आत्मनिर्भर बनाउन विराटनगरमा ब्यूटिसियन तालिम सुरू

विराटनगर । विराटनगर महानगरपालिका ४ मा ४५ दिने ब्यूटिपार्लर सम्बन्धी तालिम सुरू भएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोग र गंगा ब्युटी पार्लर जामुनगाछीको सहयोगमा विराटनगरमा मंगलबारबाट तालिम सुरु भएको हो । महिलाहरुलाई सिप सिकाएर...

विपदको समयमा पठाइएको रकम अनुमोदन

काठमाडौं, १५ वैशाख-काठमाडौं महानगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला, मझौला र साना वडालाई निकासा गरिएको रकम अनुमोदन गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न कामपाबाट भएको प्रयासको समीक्षा गर्दै आइतबार साँझ...

अझै सिल भएन सप्तरीमा कोरोना भेटिएका युवकको गाउँ

सप्तरी, ३१ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटैलका १ युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि सिल गरिएको सुनिए पनि बस्तीमा हालसम्म सेनिटाइजसम्म नगरिएको स्थानीयहरूले गुनासो गरेका छन् । बस्तीमा संक्रमित भेटिएसँगै आफूहरू त्रसित भएको अवस्थामा हालसम्म जनप्रतिनिधीले कुनै...

दुर्घटनापछि यात्रुवाहक बसमा आगलागी, १२ जना घाइते

धनुषा, कात्तिक २४ । धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुर्घटनापछि बसमा आगो लागे पनि मानवीय क्षति नभएको इलाक प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताउनु भयो । दुर्घटनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्