
एजेन्सी, १० माघ । भारतमा ३ लाख ६ हजार भन्दा धेरै काेराेना संक्रमित थपिएका छन् ।
२४ घण्टाकाे अवधिमा ३ लाख ६ हजार ६४ जना काेराेना संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले साेमबार जानकारी दिएकाे छ ।
याे संख्या अघिल्लाे दिनकाे तुलनामा २७ हजार ४६९ ले कम हाे । बितेकाे २४ घण्टामा ४३९ जनाले काेराेना संक्रमणका कारण ज्यान गुमाएका छन् । यही अवधिमा २ लाख ४३ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् ।
अहिले भारतमा २२ लाख ४९ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।