राशिफल

विराटनगरमा मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउँदा प्रहरी र एमाले कार्यकर्तबिच झडप, अनेरास्ववियु उमहासचिव भाष्कर खनासहितका कार्यकर्ता घाइते

 न्यूज विराट
विराटनगरमा मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउँदा प्रहरी र एमाले कार्यकर्तबिच झडप, अनेरास्ववियु उमहासचिव भाष्कर खनासहितका कार्यकर्ता घाइते

विराटनगर, २० माघ । विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाउने क्रममा नेकपा (एमाले) कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । झपमा अनेरास्ववियु उपमहासचिव भाष्कर खनालसहित आधादर्जन कार्यकर्ता घाइते भएका छन् ।

प्रदेश १ का मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउन खोज्ने नेकपा एमाले निकट अनेरास्ववियु, युवा संघ र प्रहरीबीच बिहीबार घम्साघम्सी भएको हो । काठमाडौंबाट विराटनगर आउँदै गरेका मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउन विद्यार्थीहरु विराटनगर विमानस्थल रोडमा भेला भएका थिए। कालो झण्डा देखाउने थाहा भएपछि एयरपोर्ट मोडदेखि एयरपोर्टसम्म बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

मुख्यमन्त्री राई विराटनगर ओर्लिएलगत्तै मुख्यमन्त्री कार्यालय जानेक्रममा विद्यार्थीले कालोझण्डा देखाउन खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा विद्यार्थी र प्रहरीबीच केही बेर घम्साघम्सी भएको थियो। कालोझण्डा देखाउन खोज्दा प्रहरीले अनेरास्ववियु उपमहासचिव भाष्कर खनाललगायतका विद्यार्थी नेताहरुलाई दुर्व्यवहार गरेको विद्यार्थी नेता तुलसी घिमिरेले बताए।

प्रदेश १ मा मन्त्रालय फुटाएर १२ वटा बनाउने सरकारको निर्णय फिर्ताको माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलित छ। सरकारले निर्णय फिर्ता नलिए मन्त्रीहरुका गाडी चल्न नदिने अनेरास्ववियुको चेतावनी छ। जनताको करको दुरुपयोग गरेर मुख्यमन्त्री राईले सत्ता टिकाउनका लागि मन्त्रालय फुटाउने काममा उद्यत भएको उनीहरुको आरोप छ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...