छठमा राष्ट्रपति काठमाडौंका जलासयमा नजाने - News Birat

छठमा राष्ट्रपति काठमाडौंका जलासयमा नजाने

न्यूज विराट
काठमाडौं, ४ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक हुन नसक्ने बताएका छन् ।

राष्ट्रपति भण्डारी विगत वर्षका काठमाडौंका गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेका छन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन् । राष्ट्रपति भण्डारी यस वर्षको वडादसैँका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि गएकी थिइनन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles