विराटनगर, १ पुस–प्रदेश १ का सामाजिकविकास मन्त्रीजीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल सुरु गरेका छन् । मुआब्जाविवादका कारण लामो समयदेखि अबरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन उनले मन्त्रालयमा रेल विभागका प्रतिनिधि, स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी सहितको बैठक राखेर परियोजना निर्माणलाई अघि बढाउनु पर्ने बताएका छन् ।
जनप्रतिनिधि विहिनताको अवस्थामा स्थानीयको आवाज नसुनिएका कारण रेलमार्ग भित्र रहेको करिव २५ विगाहा क्षेत्रफलको मुआब्जा रोकिएको उनले बताए । रेलमार्ग निर्माण हुनेभएपछि सो क्षेत्रमा ९ बर्षअघि जग्गाको मूल्यांकनगरि मुआब्जावितरण सुरु गरिएको थियो । मुआब्जा वितरण बैज्ञानिक नभएपछि करिव २२ घर परिवारलेले मुआब्जा लिन मानेका छैनन ।
मन्त्री घिमिरेले पुर्नमुल्यांकनका लागिहुने सम्मपहलगर्ने बताउनुभयो । उनले स्थानीयको पीरमर्कालाई बुझ्दै परियोजनालाई अघि बढाउनुपर्ने बताए । मन्त्री घिमिरेले भने,‘ परियोजनाजति छिटो बन्छ, त्यति छिटो स्थानीयले लाभलिन सक्नेछन् ।’ उनले राजनीतिक रुपमापनि समस्या समाधानका लागि पहल गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जग्गाको पुर्नमूल्याकंनको अधिकार जिल्ला प्रशासनलाई नभएको बताए । गृहमन्त्रालयबाट निर्णय भएर आएगर्न सकिने उनको भनाई छ । कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतले प्रतिकठ्ठा ८ लाख भन्दा कम पाउनेहरुले मुआब्जा नलिएको बताए ।
पीडितका समस्या समाधाननगरि डोजर चलाएर विकास निर्माणको कार्य अघि बढाउन नसकिने उनको भनाई छ । प्रमुख कामतले पुर्नमुल्यांकन गरेर मुआब्जावितरणका लागि पहल गरिदिन मन्त्री घिमिरे समक्ष आग्रह गरे ।
स्थानीय सतनलाल चौधरीले एउटै कित्ताको जग्गाको मूल्यांकन फरक–फरक भएपछि मुआब्जा नलिएको बताए । मुआब्जाको विवाद छिटो मिलाउन उनले आग्रह गरे । जग्गाको मुल्यांकन पछि ९ बर्षमा पहिलो पटक पीडितका कुरा संवन्धित निकायले सुनेको चौधरीले बताए । पीडितसँग कहिलै सरोकार वालाले छलफल नगरेको उनको गुनासो थियो ।
रेलविभागका साइट इन्जिनियर विनोद ओझाले रेलमार्ग निर्माणका लागि सम्पूर्ण कानुनी प्रक्रिया पुरा भईसकेको बताए । कानुनीप्रक्रिया अघि बढेकाले चाँडै काम शुरु गर्ने उनको भनाई छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी सन् २०११ मा सुरु भएको भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको १८.६ किलोमिटर रेलमार्गमध्ये पाँचकिमिमाभारतमा पर्छ । नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३.६ किमि भूभाग पर्छ । विराटनगर–रंगेली सडकसँग जोडिएको कटहरी गाउँपालिकासम्म रेल ल्याउने योजना भएपनि यो मार्गमा काम ठप्प छ । मुआब्जा विवादका कारण रेलमार्गको ३ किमि क्षेत्रमा काम अबरुद्ध छ ।