प्रदेश १ मा १ वर्षमा मानवअधिकार उल्लंघनका ८ सय ५२ घटना

 न्यूज विराट
प्रदेश १ मा १ वर्षमा मानवअधिकार उल्लंघनका ८ सय ५२ घटना

विराटनगर, फागुन ८–प्रदेश १ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेको पाइएको छ । सन् २०१९ मा मात्र प्रदेश १ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ८ सय ५२ जना पीडित भएका छन् । प्रदेश १ का १४ वटा जिल्लामा इन्सेक प्रतिनिधिले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेखीकरण गरेका घटनामा ८ सय ५२ जना पीडित भएको इन्सेक प्रदेश संयोजक सोमराज थापाले जानकारी दिए ।

इन्सेक अभिलेखीकरणका आधारमा सन् २०१९ मा गिरफ्तारीका घटनामा ८३ जना, महिला अधिकार उल्लंघनका घटनामा ३ सय ३५ जना, हत्या घटनामा ७७ जना, बालअधिकार उल्लंघनका घटनामा ३ सय १ जना पीडित भएका छन् । जसमा राज्य पक्षबाट २ जनाको हत्या, ४ जनामाथि कुटपिट, ६ जना कुटपिटबाट घाइते, ८३ जना गिरफ्तार, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारबाट एक जना र हिरासत थुनुवामा एक जनाको मृत्यु भएको उल्लेख छ ।

सन् २०१८ मा प्रदेश १ मा ७ सय ८७ जना मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा पीडित भएका थिए । जसमा राज्य पक्षबाट ६१ जना पीडित भएका थिए । महिलाअधिकार उल्लंघनका घटनामा ४ सय १९ जना, जातीय विभेदका घटनामा ४ जना, गिरफ्तारीका घटनामा ४३ जना, बालअधिकारका घटनामा २ सय ३९ जना पीडित भएको इन्सेकले अभिलेख गरेको थियो । सन् २०१९ मा भोजपुरमा प्रहरीको गोलीबाट २ जनाको मृत्यु र झापामा १ जनाको हिरासतमा मृत्यु भएको तथ्यांक इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्