मेची पर्यटन महोत्सवमा निकालियो कलशयात्रा

 न्यूज विराट
मेची पर्यटन महोत्सवमा निकालियो कलशयात्रा

विराटनगर, फागुन ९–भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सुरु गरिएको पाथीभरा म्याराथुन तथा मेची पर्यटन महोत्सवको पहिलो दिन आज कलशयात्रा निकालिएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङको तोक्मेडाँडाबाट नौमती बाजासहित कलशयात्रा निकालिएको हो ।

बिहान ८ बजेदेखि सुरु भएको कलशयात्रा हाङदेवाको सिद्धिडाँडाको शिवालय मन्दिरसम्म पुग्यो । हजारौँको संख्यामा कलशयात्री तथा विभिन्न संघसस्थाका प्रतिनिधि स्वतःस्फुर्त रूपमा कलशयात्रामा सहभागी भए । शिवरात्रिको अवसर पारेर सञ्चालनमा ल्याइएको सो महोत्सव ५ दिनसम्म चल्नेछ ।

महोत्सवमा आयोजना गरिने पाथीभरा म्याराथुन फुङलिङ बजारदेखि पाथीभराको चुचुरोसम्म करिब ४२ किलोमिटर हुनेछ । दौडमा फुङलिङ बजारदेखि ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथिभरा देवीको चुचुरोमा पुगेर फुङलिङ बजारमा आइपुग्नुपर्नेछ । प्रतियोगिताका विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाउनेछन् ।

सम्बन्धित समाचार

८६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या...

प्रदेश १ मा आज २६ संक्रमित थपिए, संक्रमितको संख्या ६०४ पुग्यो

विराटनगर, १७ असार–प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०, मोरङ र...

कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार आउँदै, कृषी र  पूर्वाञ्धारलाई प्राथामिकता

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२- ०८३ को नीति तथा कार्यक्रम आज सोमबार प्रदेश सभामा प्रस्तुत गर्दैछ । कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय...

पाँच प्रहरीमा कोरोना पुष्टि

विराटनगर, साउन ८–प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ५ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार एक प्रहरी अधिकृतमा कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप ४ जनामा...

माओवादी केन्द्र बुढीगंगाको अध्यक्षमा योगेन्द्र पौडेल

विराटनगर । नेकपा माओवादी केन्द्र बुढीगंगा गाउँपालिकाको अध्यक्षमा योगेन्द्र पौडेल निर्वाचित भएका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा बुधबार भएको माओवादी केन्द्र बुढीगंगाको दोस्रो अधिवेशनबाट पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।उपाध्यक्षमा रुपेश भट्टराई, सवरलाल मोदी, कमला...

जनताले गाँस काटेर जम्मा गरेको रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियमविपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकारीलाई पानीमुनि गए पनि नछाड्ने चेतावनी दिनुभयो ।  महानगरले...

प्याब्सन स्पोर्ट्स मिट : पूर्वाञ्चलकी सृजना र सितल सर्वाधिक पदक जित्ने खेलाडी

विराटनगर । विराटनगरमा जारी प्याब्सन स्पोर्ट्स मिटमा सर्वाधिक पदक जित्ने खेलाडी मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क. र सीतल मगर भएकी छिन् ।दोस्रो दिन शनिबारसम्म सृजना र सितलले दुई विधामा समान २–२ स्वर्ण पदक...

छिमेकीको कुटाइबाट गम्भिर घाइते भएकी चन्द्रकलाको ९ दिनपछि मृत्यु

विराटनगर । छिमेकीको कुटाइबाट गम्भिर घाइते भएकी सुनसरीको बर्जू गाउँपालिका – ३ की २६ बर्सिया चन्द्रकला रायको उपचारको क्रममा मृत्यु भएको छ । निर्घात कुटपिट गरेको नौ दिनपछि उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा आइतबार दिउँसो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्