फिदिमदेखि प्राङबुङ सडक कालोपत्र तीव्रगतिमा

 न्यूज विराट
फिदिमदेखि प्राङबुङ सडक कालोपत्र तीव्रगतिमा

फिदिम, पुस ८–पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि बढेको छ । फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ । पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्मे हुने सडक अहिले कालोपत्र हुने चरणमा पुगेको छ । फिदिमदेखि प्राङबुङसम्म सडक निर्माण गर्न उपकरण र कामदार दिनरात खटिएका छन् । फिदिम नगरपालिका वडा नं १०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाका छ वडालाई सदरमुकामसम्म जोड्ने यो सडक निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ ।

धेरै जनसंख्या लाभान्वित हुने यो सडक कालोपत्रका लागि संघय सरकार र प्रदेश सरकारले लगानी गरेका छन् । प्रदेश सरकारको लगानीमा फिदिम–फालोट सडक अन्तर्गत फिदिम–नाङ्गीन खण्ड कालोपत्रको काम अघि बढेको हो । १० किलोमिटरको सो खण्डको कालोपत्रको जिम्मा कन्काइ पिएस जेभीले ५२ करोड ६७ लाख ३० हजारमा लिएको छ । नांगिनको सल्लेरीदेखि प्राङबुङको लुदिनटारसम्म २९ किलोमिटर सडक कालोपत्र हुँदैछ । ‘ग्रामीण सडक सञ्जाल सुधार आयोजना’अन्तर्गत यो सडकखण्डको कालोपत्रका लागि निर्माणकार्य जारी रहेको छ ।

विगतमा एकतर्फी मात्रै सवारी चल्न सक्ने सानो सडकको अधिकांश खण्ड अहिले विस्तार भइरहेको छ । हिलाम्य भइरहने अधिकांश खण्डमा घण्टौँ यातायात अवरुद्ध पारेर ठूला चट्टान तथा भिर–पहरा फोरिँदैछ । सयौँ निर्माण उपकरण एकैपटक विभिन्न खण्डमा निर्माणकार्यमा परिचालन भएका छन् । भौगोलिक कठिनाइका कारण २०÷३० मिटर अग्ला तारजालीसहितको टेवा पर्खाल निर्माण भइरहेका छन् । अहिले सडक विस्तार गर्ने, नाली काट्ने, टेवा पर्खाल लगाउने कार्य धमाधम भइरहेको छ ।

सयौँ स्थानीय युवा यस सडकखण्डमा श्रम गरिरहेका भेटिन्छन् । ‘राम्रै कमाइ हुने भएकाले सडक निर्माणमा मजदुरको रूपमा काम गरिरहेको छु । घरमा काम नभएको बेला गाउँमै काम पाइयो,’ वडा नं ८ का सन्दीप केरुङले भने । फिदिम–फालोट सडक विशेषत कृषि उपजको निर्यात र भारतको सीमासम्म पुग्ने महत्वपूर्ण सडकका रुपमा रहेको छ । यो सडकले सदरमुकामसम्म जोड्ने फिदिम नगरपालिकाका चार वडा तथा फालेलुङ गाउँपालिकाका ६ वडालाई जोड्छ ।

कृषिजन्य उत्पादनका दृष्टिले प्रचुर सम्भावना बोकेका क्षेत्र हुन् । पक्की सडक र पर्याप्त सवारी साधन उपलब्ध नहुँदा यहाँ उत्पादित कृषि उपजले उचित मूल्य पाउन सकेको छैन । फिदिमदेखि प्राङबुङसम्मको सडक कालोपत्र भएपछि यहाँ उत्पादन हुने अलैँची, अदुवा, दुग्धजन्य उत्पादन, सागसब्जी तथा नगदेबाली, किबी, सुन्तलालगायत फलफूल बजारसम्म पु¥याउन सहज हुनेछ ।

पक्की सडक पुगेपछि यहाँका कृषक व्यावसायिक हुने अपेक्षा गरिएको छ । यस सडकले नेपाल–भारत सीमाक्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र फालोटलाई समेत जोड्नेछ । यद्यपि फालेलुङ गाउँपालिका–५ प्राङबुङबाट फालोटसम्म सडक सञ्जालले जोड्ने कार्य भने पूरा भइसकेको छैन । कच्ची सडकका कारण यहाँका स्थानीयवासीले दशकौँदेखि सास्ती ब्यहोर्दै आएका थिए । यहाँ वर्षायाममा सवारी सञ्चालनमा कठिनाइ पर्ने गर्दछ । केही किलोमिटर सडक पार गर्न पनि घण्टौँ लाग्ने गर्दथ्यो । अहिले पनि सडक निर्माण तीव्रगतिमा चलिरहेका कारण सडक बेलाबखत अवरुद्ध हुने गरेको स्थानीयवासी दुःखेसो व्यक्त गर्दछन् । रासस

सम्बन्धित समाचार

विराटनगर आएर सभापति देउवाले भने–सरकारमा जान हतार छैन

विराटनगर, १० चैत । नेपाली कांग्रेसका सभापती शेरवहादुुर देउवाले कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीहरुसँग कुुरागर्दै उनले काग्रेसलाई जनताले प्रतिपक्षको म्यान्डेड दिएकाले सरकारमा जान कांग्रेसलाई हतार नरहेको बताएका हुन्...

अब सरकारी कार्यालय १०-५ नै सञ्चालन हुने

काठमाडौं, ६ साउन-सरकारी कार्यालय १०-५ सञ्चाल हुने भएका छन् । सरकारले सरकारी कार्यालयमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेकोमा सबै सेवाहरू नियमति सञ्चालन भएकाले सरकारी कार्यालय पनि एक सिफ्टमै सञ्चालन...

२७ करोड ५५ लाखमा मोरङको टंकीसिनवारीमा खानेपानी आयोजना संचालन

विराटनगर । २७ करोड ५५ लाख ४० हजार ९२८ रुपैयाँ लागतमा मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित टंकीसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्था संचालनमा आएको छ । बुढिगंगा–३ नेमुवाले ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत...

एसबीएससी मोरङको अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को अध्यक्षमा नगेन्द्र प्रसाद (बिवेक) ढकाल निर्वाचित भएका छन् ।विराटनगरमा आइतबार साझ भएको निर्वाचनमा ढकालले प्रतिस्पर्धी धनकुमार राईलाई ३४ मतले पराजित गर्दै अध्यक्षमा...

कोभिड–१९ : प्रदेश २ मा १ सय ५९ को परीक्षण, ४६ जनाको रिपोर्ट आउँदै

प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएका १ सय ५९ मध्ये १ सय १३ को नतिजा नेगेटिभ आएको छ ।कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को...

विराटनगरमा खुल्यो ‘जियोन युनिसेक्स’ सैलुन, साउन महिनाभरी ३० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगर – ९ मकालु टिभी अगाडी जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकाडेमी संचालनमा आएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी उक्त युनिसेक्स संचालनमा आएको हो । युनिसेक्सको उद्घाटन कोशी...

विमानस्थलबाट सय ग्राम सुनसहित युवक पक्राउ

कुवेतबाट काठमाडाैं आएका रुपन्देहीका एक युवक त्रिभुवन विमानस्थलबाट सुनसहित पक्राउ परेका छन् । २८ वर्षका ती युवक जजिरा एयरबाट मंगलबार बिहान काठमाडाैं आएका थिए । उनकाे साथबाट एक सय ग्राम सुन बरामद भएकाे प्रहरीले जनाएकाे छ । विमानस्थल...

निजी विद्यालयले अनलाइन कक्षा चलाएबापत शुल्क लिन पाउने

काठमाडौं, १९ भदौ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेबापत शुल्क लिन पाउने बताएका छन् । शुक्रबार भर्चुअल बैठकमा उनले निजी विद्यालयहरूले शुल्क लिन पाउने बताएका हुन् ।  ‘निजी विद्यालयले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्