
काठमाडौं, २ माघ । सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोराना संक्रमण भएको छ ।
न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जना कोरोना संक्रमित भएका छन् ।
आइतबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनीहरु संक्रमित भएको पुष्टि भएको हो । मुख्य रजिष्ट्रार कुँवर सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत छन् ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले अन्य ३० जना कर्मचारी आइसोलेशनमा रहेको जानकारी दिए ।
कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनीहरुको कोरोना परीक्षण गरिएको छ । रिपोर्ट भने आइसेको छैन ।