मोरङको सुन्दरहरैँचामा फर्म संचालकको हत्या, काम गर्ने दम्पत्तीले हत्या गरेको आशंका
बिहिबार, २७ असार, २०८१,
न्यूज विराट
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको आफ्नै कर्मचारीले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । बिहीबार विहान बजगाईंको शव आफ्नै कुखुरा फर्म भित्र भेटिएको थियो ।
मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले फर्म संचालकको हत्या भएको पुष्टि गर्दै घटनामा संलग्नको खोजी कार्य तिव्र बनाएको बताए । घटनाको अनुसन्धान गर्न आफै घटनास्थल पुगेका एसपी कार्कीले हत्यामा संलग्नको पहिचान भएको बताए । गत जेष्ठ १० गतेबाट फर्ममा काम गर्ने कर्मचारीबाट हत्या भएको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिएको उनले बताए । ‘हत्या गरेपछि दम्पती फरार छन् । हामीले खोजी कार्य तिव्र बनाएका छौं,’ उनले भने । घरनजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र बिहीबार करिब साढे १० बजे शव फेला परेको हो । प्रहरीका अनुसार बजगाईंको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ भने शरीरका अन्य भागमा चोट देखिएको छ । घटनास्थलमा रगत लतपतिएको अवस्थामा एउटा बन्चरो र दाउरा फेला परेको छ । मृतकको शरीरमा पनि बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको भन्दै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रदेश–१ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चितवन, झापा र सुनसरी गरी छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको हो ।चितवनमो इच्छा मनकामना–३ सौराहका २७ बर्षीय चित्रकुमार गुरुङको स्काभेटर दुर्घटनाबाट मृत्यु छ ।...
विराटनगर, ३० असोज-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा एक महिना बढी लागू हुने गरी पुनः निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लामा विभिन्न क्षेत्र तोकेर १ कात्तिकदेखि ६ मंसिरसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरेको हो...
चीनका एक होनहार कलाकार क्रिस वूमाथि यौन उत्पीडनको गम्भीर आरोप लागेको छ । चिनियाँ-क्यानाडेली र्यापर क्रिसमाथि १९ वर्षीया डू मीजुले यस्तो आक्षेप लगाएकी हुन् । यो महिनाको सुरुमा डू मीजुले सामाजिक सञ्जालमार्फत क्रिसको व्यविचार र हिंसक...
विराटनगर, चैत १५। मोरङको रतुवामाई नगरपालिकाका मेयर रवीन राईले सरकारले घोषणा गरेको लक डाउन उल्लंघन गरेकाले सेनिटाइजर नियन्त्रणमा लिएको स्पष्ट पारेका छन् । उनले उर्लाबारी नगरपालिका सम्मको मात्र पास ल्याएर रतुवामाई प्रवेश गर्न नपाउने दावी...
विराटनगर । अपाङ्गता भएका महिला र किशोरिको सवाल विषयक छायाँ प्रतिवेदन तयारीका लागि प्रदेश स्तरिय कार्याशाला गोष्ठी सम्पन्न भएको छ । अपाङ्गता भएका महिला तथा किशोरीको सवालहरुको पहिचान गरी विविधताको सम्म्मान गरौँ भन्ने मूल नाराका...
विराटनगर । नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको चौथो जिल्ला अधिवेशनबाट थर्कमानले ८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी ओम प्रकाश श्रेष्ठले ५७...
विराटनगर, २४ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकतालाई बदर गरेसंगै मोरङ जिल्ला कार्यालयमा पूर्वएमालेहरूले नेकपा एमालेको बोर्ड राखेका छन् । विराटनगरको पाञ्चालीमा रहेको पार्टी कार्यालयमा बोर्ड राख्न संस्कृति, पर्यटन तथा...
विराटनगर,७ साउन । अपाङ्गता भएका व्यक्तिहरुलाई सहजरुपमा दैनिक जिवनको कार्य गर्नका लागि आज यहाँ सहायक समाग्री(ह्वील चियर) वितरण गरिएको छ । सामथ्र्य समाज नेपाल र समन्वयद्वारा आज यहाँ आयोजित अपाङ्गता भएका व्यक्त्तिहरुको सवालमा जनप्रतिनिधिहरु र...