शिक्षा प्रतिवेदन छाप्ने संस्थामाथिकाे कारबाही राेक्न शिक्षामन्त्रीसँग आग्रह

 न्यूज विराट
शिक्षा प्रतिवेदन छाप्ने संस्थामाथिकाे कारबाही राेक्न शिक्षामन्त्रीसँग आग्रह

सरकारले गोप्य राखेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग ०७५ को प्रतिवेदन प्रकाशित गर्ने दुई संस्थामाथि कारबाही थालेपछि आयोगका सदस्यहरूले विरोध जनाएका छन् । ती संस्थामाथिको कारबाही रोक्न उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलसँग आग्रह पनि गरेका छन् ।

उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अनाधिकृत रूपमा प्रकाशित गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) र ग्लोबल एक्सन नेपाललाई कारबाही गर्ने भन्दै आइतबार प्रेस विज्ञप्ति जारी गरेको थियो । ती संस्थाले आयोगका बहुमत सदस्यको स्वीकृतिमा शुक्रबार प्रतिवेदन सार्वजनिक गरेका थिए ।

आयोगका सदस्य श्याम श्रेष्ठले आफूहरूको आग्रह र स्वीकृतिमा असल मनसायले ती संस्थाहरूले प्रतिवेदन प्रकाशित गरेको बताउँछन् । ‘प्रतिवेदन यसरी प्रकाशित हुनुमा हामी जिम्मेवार छौँ । त्यो कुरा आयोगको रिपोर्टमै उल्लेख छ’, उनले भने, ‘असल मनसायले प्रकाशन गर्ने संस्थालाई कारबाही गर्नु घोर अन्याय हुन्छ ।’

शिक्षामन्त्री संयोजक भए पनि आयोग स्वतन्त्र प्रकृतिको भएको र मन्त्रालयले आफ्नो लोगो र नाम राखेर प्रधानमन्त्रीलाई बुझाएकाले अहिले समस्या भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

ओलीसँग छलफल गर्न प्रचण्डसहित पाँच सचिवालय सदस्य बालुवाटारमा

काठमाडौं, २२ कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् ।  शुक्रबार प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको छलफलअनुसार प्रचण्डसहित सचिवालय सदस्य...

काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखा प्रमुख फेरिँदै

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा प्रमुख फेरिने भएका छन् । परिसर र महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र महाशाखा प्रमुख सहकुलबहादुर थापा दुबै जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...

१५ हजार बढीको मृत्युपछि इटालीमा पहिलो आशाको किरण

संसारभरी फैलिएको कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी इटलीका नागरिकले ज्यान गुमाएका छन् । इटलीका अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण शनिबारमात्रै ६ सय ८१ जनाको मृत्यु भएर मृत्यु हुनेको संख्या १५ हजार ३ सय ६२...

आज ५०२ संक्रमित थपिए, २८७८ डिस्चार्ज

काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै...

तेस्रो मिल्स टि– २० क्रिकेटको उपाधि वाइआरसीसीलाई

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि – २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै...

नेपाल, भट्टराई र पौडेल चोख्याउन गच्छदारलाई फसाइयो : कांग्रेस

काठमाडौं, माघ २३–कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दुरुपयोग गरेर सरकारले बालुवाटारको ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गर्न लगाएको आरोप लगाएको छ । पार्टी उपसभापति बिजय गच्छदारबिरुद्ध मुद्धा दायर भएपछि रुष्ट कांग्रेस...

कृषिमा आधरित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ संचालन हुँदै, छनौटको लागि आवेदन खुल्ला

विराटनगर । प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ सञ्चालन हुने भएको छ । कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलरेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो ।...

आगलागी पीडीतको घर निर्माणका लागि ३ लाख ७५ हजार सहयोग

विराटनगर । आगलागी पिडीतको घर निर्माणका लागि आर्थिक सहयोग गरेर नेकपा (एमाले) रंगेली नगर कमिटीले उदाहरणीय काम गरेको छ । रंगेली ३ स्थित बावुसाहेव टोलका आगलागी पिडीतको घर निर्माणका लागि ३ लाख ७५ हजार रुपैयाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्