नेपाल, भट्टराई र पौडेल चोख्याउन गच्छदारलाई फसाइयो : कांग्रेस

 न्यूज विराट
नेपाल, भट्टराई र पौडेल चोख्याउन गच्छदारलाई फसाइयो : कांग्रेस

काठमाडौं, माघ २३–कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दुरुपयोग गरेर सरकारले बालुवाटारको ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गर्न लगाएको आरोप लगाएको छ । पार्टी उपसभापति बिजय गच्छदारबिरुद्ध मुद्धा दायर भएपछि रुष्ट कांग्रेस बिहानैदेखि विभिन्न चरणका छलफलमा छ ।

उपसभापति भ्रष्टाचार मुद्धामा फसेपछि पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै माधव नेपाल, डा बाबुराम भट्टराई र नेकपा महासचिव विष्णु पौडेललाई संरक्षण गरेर आफ्ना नेतालाई मात्र फसाएको भन्दै आक्रोस जनाए ।

शर्माले विधि र प्रकृया मिचेर पूर्वाग्रही ढंगले मुद्दा दायर भएको भन्दै कानुनी र राजनीतिक रुपमा सामना गर्ने बताए । ‘प्रधानमन्त्रीहरु चोखो हुँदा त्यही क्याबिनेटका मन्त्रीचाहिँ कसरी अंशियार हुने ?’ प्रवक्ता शर्माको प्रश्न छ । उनले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनको नाममा रहेको जग्गा फिर्ता दिने सर्तमा मुद्दा नचलाइएको भन्ने अख्तियारको भनाईआश्चर्यजनक भएको बताए । तर सर्वोच्च अदालतकै न्यायाधीश कुमार रेग्मीको बिषयमा भने उनी मौन बसे । कांग्रेसले यसअघि सडकदेखि सदनसम्म अखितयार को कदम विरुद्ध संघर्ष गर्ने बताइसकेको छ ।

सम्बन्धित समाचार

हवाइसेवा बन्द हुँदा नमूना संकलनमा समस्या

सरकारले हवाइसेवासहित देश लकडाउन गरेपछि सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड–१९) को ‘स्वाव’ परीक्षणमा समस्या देखिएको छ । सरकारले मंगलबारदेखि लकडाउन गरेपछि प्रदेशमा ‘स्वाव’ परीक्षणमा समस्या भएको हो । सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला सेती प्रादेशिक अस्पतालभित्र राखिएको...

मोरङ कारागारमा बन्दीको शंकास्पद मृत्यु प्रकरण, चार सदस्यीय छानविन समिति गठन

विराटनगर । मोरङ जिल्ला कारागारमा एक जना बन्दीको शंकास्पद मृत्यु भएको घटनामा छानविन समिति गठन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार यादवको नेतृत्वमा चार सदस्यीय छानविन समिति बुधबार गठन भएको हो ।...

फिदिमदेखि प्राङबुङ सडक कालोपत्र तीव्रगतिमा

फिदिम, पुस ८–पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि बढेको छ । फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ । पानी पर्दा हिलाम्य र घाम लाग्दा...

२५ मुलुकबाट ३२ हजार बढी नेपाली फर्किए

काठमाडौं, ५ साउन-कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । कोभिड–१९ सङ्कट...

हिरासतको पुस्तालयमा स्टेशनरी व्यवसायीद्धार पुस्तक वितरण

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेको पुस्तकालयलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा मोरङको १ नम्बर इकाईले पुस्तक हस्तान्तरण गरेको छ । थुनुवालाई पठनपाठनका लागि २ सय २९ थान पुस्तक हस्तान्तरण...

एमसीसी जसरी पनि संसदबाट पास गर्नुपर्छः कानुनमन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन् । शुक्रबार कोसी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोसी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री...

जनकपुरधाम उपमहानगरको राहत : विपन्नलाई कुहिएको चामल

जनकपुरधाम उपमहानगरपालिकाले राहतमा बाँडेको चामल कुहिएको फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-१६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसी परेको तथा कुहिएको भेटिएको हो । चामल सडेको कारण अमिलो गन्ध आएको राहत पाउने...

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्